होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]
नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् । महामारीका बेला नेकपा माओबादी नेता […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
उमेशजङ्ग शाही/बाजुरा ८ बैशाख। जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउँपालिकालाई पनि पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । जिल्लाको सबै स्थानिय तहहरुमा पुणर्खोपयुक्त पालिका घोषणाको क्रम चलिरहेको बेला जगन्नाथ गाउपालिकाले पनि समयमै पुणर् खोपयूक्त गाउँपालिका घोषणा गरेको जनाएको छ । पालिका खोप समन्वय समितिको आयोजना तथा स्वास्थ्य कार्यालयको समन्वयमा उक्त गाउँपालिकालाई पूणर् खोपयुक्त गाउँपालिका घोषणा […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ । प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको […]
नागरिक रैबार/बाजुरा १२ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुने विशाल जनसभाको तयारी पुरा भएको छ । कोल्टीमा हुने विशाल जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा बाजुराका नेता पुरबहादुर रावतले बताएका छन् । भोली हुने विशाल जनसभामा १० हजार बढी नेता तथा कार्यक्रर्ताहरु सहभागि हुने नेकपा बाजुराका आन्दोलन […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
जीवन कैला काेल्टी ११ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने पिलुचौर स्थित कर्णाली पुल वरपोर जम्मा भएका मानिसहरु देख्दा कुनै मेला लागेको जस्तो देखिन्थ्यो । विचमा निलै भएर बगि रहेको कर्णाली नदी, कर्णाली नदीका किनारा र पिलुचौरको झोलुङ्गे पुलमाथिबाट उत्सुकताका आँखाले हेरिरहेका स्थानियलाई हेर्दा कुनै मेलामौसरको छनक दिईरहेको थियो । शनिवार पहिलो पटक जिल्लाकै दुर्गम […]
जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । साेही अनुसार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ शिलान्यासको तयारी गरेसँगै जिल्लाको जगनाथ गाउँपालिकाको […]
नागरिक रैबार कोल्टी ११ मंसिर । कोल्टी क्षेत्रका स्थानीय बासीले मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ भनेर स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । तोकेको भाडादर भन्दा जिप व्यवसायीले मनोमानी भाडा असुली गर्नेक्रम नरोकिएपछि कोल्टी क्षेत्रका स्थानीयले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका हुन् । मार्तडीदेखि कोल्टीसम्मको भाडादर ८ सय लिन ताकेता गरिएको भएपनि व्यवसायीले १ […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका र जगनाथ गाउँपालिकाका ९ वटा वडाका २ सय ५० जना अति विपन्न तथा सिमान्तकृत महिलाहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ । दलित महिला संघ, युएन वमनको सहयोग तथा स्थानीय तहमा सामाजिक विकास कार्यमा कार्यरत संस्थाहरु दलित महिला अधिकार मंच, र नेपाल मधेश फाउण्डेसनको सहकार्य तथा साझेदारीमा संचालित […]
प्रकाश विक, बाजुरा २८ कार्तिक अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले साँफे मार्तडी सडकको स्तरोन्नति संगै जडाङ्गाको बेलिवृज निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववीयुका संयोजक राजिव रोकाया र राष्ट्रिय युवा संघ नेपालका संयोजक सन्तोष विकद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्र सहित विभिन्न […]
नागरिक रैबार/बाजुरा २० असोज। साहित्यकार सुरेन्द्र शाही (गुलाब कान्छो) को मुक्तक संग्रह “परतन्त्र”को विमोचन गरिएको छ । साहित्यकार शाहीको चाैथाे मुक्तक संग्रह “परतन्त्र”को बुधबार एक औपचारिक कार्यक्रमका वीच बाजुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र मालिका माविका प्राचार्य शुभराज पाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए । सुदूर साहित्य प्रतिष्ठानको आयोजनामा संचालन गरिएको शाहीको मुक्तक संग्रह […]