होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार बाजुरा १ पुस । बाजुराको जगन्नाथ गाउँपालिकाले आजदेखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरेकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा आजबाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे । गाउँपालिका भित्रका वडा नं १ देखि ६ सम्मका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई आजबाट गाउँपालिकाकाे केन्द्र जुड्डीमा […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता महेश शाही मनोनित भएका छन्। मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता शाही प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् । माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता शाही सुदूरपश्चिमको प्रथम सम्मेलनबाट केन्द्रिय प्रतिनिधिमा […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । जगन्नाथ गाउँपालिका-६ कापडीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
महेश कार्की/ काेल्टी २७ कार्तिक। बाजुराको जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले […]
नागरिक रैबार बाजुरा २४ कार्तिक। बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]