होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना
समाचार

जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

नागरिक रैबार/बाजुरा ९ फागुन। जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो ।

No description available.

सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्की ले गरेका थिए । प्रमुख अतिथि जगन्नाथ गाउँपालिका अध्यक्ष तथा एमाले बाजुरा अध्यक्ष कालि बहादुर शाहि रहेका थिए । अध्यक्ष शाहिले एक कार्यक्रमका बिच कार्यालयको उद्धघाटन गर्नुका साथै सेवाहरु संचालन गरिएको पालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।

विज्ञापन

 

नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारी रहेकाले उनीहरुले सेवा केन्द्रबाट निशुल्क औधषी वितरण, विरामी चेकजाँच पुर्व कर्म/पन्च कर्म सेवा दिने गरी संचालनमा ल्याएको जिल्ला आयुर्वेद कार्यालयकी कर्मचारी नर्मदा कुवरले वताएकि छन् ।

आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र स्तनपाइ आमालाई दुग्धवतन औषधी वितरण गरिने भएको कार्यलयले जनाएको छ । आयुर्वेद सेवा लिन गाउँका सर्बसाधारणले अबदेखी जिल्ला धाउन नपर्ने रहेको छ । गाउँका महिलाहरुको समस्या आयुबेर्दबाट हुने सबै सेवा संचालनका लागि पहल गर्ने जिल्ला आयुर्बेद केन्द्र लगायत सबैलाइ गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले धन्यवाद दिएका छन् । जिल्लाका अन्य केही पालिकामा यो भन्दा पहिला आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन भइसकेका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार