होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। स्थानिय तह निर्बाचान सकिय संगै जिल्लाका नौ ओटा स्थानिय तह मध्य २ वटा स्थानीय तहको मतगणना सुरु भएको छ । सुरु भएका पालिकाहरुमा खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु भएको छ । त्यसै गरि बडिमालिका नगरपालिकाको मतगणना १० बजेदेखी सुरु हुने मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बुढिनन्दा […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । ४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार भइरहेको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा ार्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु मतदान केन्द्रको माग गदै सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेको छ । निर्वाचन आयोगले एक वडा एक मतदान केन्द्रको व्यवस्था गरिने भनेको भएपनि बाजुराको जगन्नाथ गाउँपालिकाको ६ नम्बर वडामा मतदान केन्द्र कायम नभएको भन्दै उनीहरु सदरमुकाम मार्तडीमा आएर विरोधमा प्रर्दशनमा उत्रिएका हुन् । बिरोध […]
जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् । दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
नागरिक रैबार/बाजुरा २७ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्युलाइ कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा ९ फागुन। जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो । सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा ३ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष […]
नागरिक रैबार बाजुरा १ फागुन नेपाली काङ्ग्रेस जगन्नाथ गाउँपालिका वडा नं ६ का सभापति कुम्भ रावलको निधन भएकाे छ । वडा सभापति रावलकाे आफ्नै घर काभ्रिगाउँ गोत्रिमा असामयिक निधन भएको नेपाली काँग्रेस प्रदेश (क) का सचिव जनम धामीले बताएका छन् । निधन भएका वडा सभापति रावल नेपाली काँङ्ग्रेस बाजुराको प्रतिबद्ध तथा एक कुसल संगठक नेताका […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]