होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एकल महिलालाई बलत्कार गर्ने शाही ५ वर्षपछि पक्राउ
समाचार

बाजुरामा एकल महिलालाई बलत्कार गर्ने शाही ५ वर्षपछि पक्राउ

  • नागरिक रैबार
बाजुरामा एकल महिलालाई बलत्कार गर्ने शाही ५ वर्षपछि पक्राउ

नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए ।

अभियुक्त शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै इलाकामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले बताएका छन् ।

उनका अनुसार अभियुक्त शाहीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाजुरामा पेश पश्चात कैद भुक्तानको लागि जिल्ला कारागारमा चलान गरिएको छ । अभियुक्त शाहीलाई मिति २०७७ मंसिर ३० गतेको सम्मानित उच्च अदालत दिपायलले २ वर्ष ६ महिना कैद ठहर गरेको थियो ।

विज्ञापन

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै