होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ।सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आउनु भएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गर्नु भएको हो । बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले […]
नवलपुर । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ । यत्रप्रसाद आचार्यको इजलासमा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा २१ भदौ। नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि बाजुराबाट १२ जना नेताहरुलाई सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस […]
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ ।नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट […]
काठमाडौं । चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दालाई लिएर नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिए । शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह […]
काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा विश्वास गर्दिनु […]
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नं. १ का साथै नवलपुर निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो । नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँच जनाको नाम […]
काठमाडौं । असोज ७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् । हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ । नेपाली संस्करणको ‘हर युग होस्’ बोलको […]
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अविभावक मान्छिन् । बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख […]
काठमाडौं । अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए । दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने पनि केसीले अनलाइनखबरलाई दिए । […]
काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । चार पटक उपविजेता बनेको नेपाल एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ । साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु हो । पाँच संस्करणमा […]
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रुसलाई बधाई दिएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रुसलाई बधाई दिएका हुन् । I wish to extend my sincere congratulations to @trussliz for being elected as the leader of the Conservative Party that would make her the next Prime Minister of the […]
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए । मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको […]
धनगढीः सुदूरपश्चिमको मौलिक संस्कृितसँग जोडिएको गौरा पर्वको प्रचारप्रसार अन्य राष्ट्रमा पनि हुन थालेको छ। सुदूरपहाडमा मनाइने गौरा त्यहाँका नागरिक बसाइ सरेसँगै विश्वभर विस्तार हुन लागेको हो। विशेषगरी सुदूरपश्चिमका नागरिक जहाँ बस्दै आएका छन्, सोही ठाउँमा गौरा पर्व मनाइने गरिएको छ। अमेरिकामा गौरा सुदूरपश्चिम समाज मेरिल्याण्ड, अमेरिका तथा नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाइएको […]
धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको बताएका छन्। मंगलबार विहान धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र यसले भ्रष्टाचार बढाएको बताएका हुन्। ‘मैले आवेगमा बोलेको होइन। हाम्रो यो निर्वाचन प्रणाली र शासकीय स्वरुप चाँहि जनता र राष्ट्रको आवश्यकता अनुकुल छैन’ प्रचण्डले भने, ‘निर्वाचन […]
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । […]
काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए । मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताए । ‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा […]
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए। यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताए । […]
काठमाडौँः चीनमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। चीनको दक्षिणपश्चिमी क्षेत्र सिचुवानमा गएको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे चीनको सिचुवान प्रान्तमा भूकम्प गएको हो। भूकम्पपछि त्यहाँको इन्टरनेटलगायत फोन सम्पर्क विच्छेद भएको जनाइएको छ।
काठमाडौं, भदौ २१ । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन दर्ताका लागिसमेत तयारी भइसकेको अवस्थामा मनोनयन दर्ताको […]