होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै
समाचार

माओवादीले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै

  • नागरिक रैबार
माओवादीले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी  फोर्स’ गठन गर्दै

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।

‘क्रान्तिकारी फोर्स’ अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रीय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार