होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले […]
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको समाचार विदेशी सञ्चार माध्यमहरुमा पनि छ्याप्छयाप्ती भएका छन्। लामिछानेविरुद्ध पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएको समाचार स्वदेशी मिडियासँगै विदेशी मिडियाहरुमा पनि हाल चर्चामा छ। विशेषगरी भारतीय सञ्चारमाध्यमले सन्दीपको समाचारलाई महत्वका साथ स्थान दिएका छन्। आईपीएल खेलेको कारणले पनि सन्दीपसँग सम्बन्धित यस घटनालाई […]
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३-०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् । त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । […]
काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजूरी परेपछि अनुसन्धान अगाडि बढेको छ । १७ वर्षीया नाबालिगको स्वास्थ्य परीक्षण गरिएको र बयानका आधारमा बसेको होटलमा समेत अनुसन्धान बढाइएको छ । सिनामंगलस्थित होटलको ३०५ नम्बर कोठामा ६ भाद्रको राति सन्दीप लामिछाने नाबालिगसँगै पुगेको प्रमाण फेला परेको छ । सीसीटीभी फुटेजका आधारमा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । देशको दुर्गती हुनुमा राजनीतिक दलहरु मात्र हो कि कर्मचारी सयन्त्र पनि जिम्मेवार छ भनेर छलफल गर्नुपर्ने उनले बताएका छन् । निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी […]
काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । विभागका महानिर्देशक […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् ।बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए। उक्त कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् । मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जग्रेबसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र […]
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ […]
काठमाडौँ — कक्षा १२ र १० को हालसालै सार्वजनिक नतिजाअनुसार अंग्रेजी र गणित विषयमा विद्यार्थी सबैभन्दा बढी कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो साता प्रकाशित गरेको कक्षा १२ को नतिजामा १ लाखभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा नन–ग्रेडिङ (एनजी) मा परे । अब ग्रेडवृद्धि परीक्षामा ग्रेड बढे मात्र उनीहरूले उच्च शिक्षा पढ्न पाउँछन् । अंग्रेजीसहित ५२ प्रतिशत […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् । इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए । उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । […]
धनगढी: आगामी मंसिर ४ गते आम निर्वाचन हुने भनेर सरकारले निर्णय गरेसँगै विभिन्न दलका शिर्ष नेता सुदूरपश्चिम आउने क्रम बढेको छ। मुख्य दलका नेता एकपछि अर्को प्रदेशका विभिन्न जिल्लामा आउनुले राष्ट्रिय राजनीतिको केन्द्रमा सुदूरपश्चिम देखा पर्न थालेको भन्ने प्रष्ट हुन्छ। हरेक निर्वाचनमा फरकफरक नतिजा दिने गरेको सुदूरपश्चिमलाई मुख्य दलका शिर्ष नेताले प्राथमिकतामा राखेर भ्रमण गर्न […]
काठमाडौं । फिल्म ‘कालोपोथी’का निर्देशक मीनबहादुर भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो । २०७८ सालदेखि नै कांग्रेससँग आबद्ध भाम त्यतिबेला पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा […]
काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ । जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौं प्रहरीले भनेको छ । विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं […]
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए । आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको […]
काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ […]
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र […]