होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले गर्यो संघ र प्रदेशमा यी नेता सिफारिस
समाचार

एमाले बाजुराले गर्यो संघ र प्रदेशमा यी नेता सिफारिस

  • नागरिक रैबार
एमाले बाजुराले गर्यो संघ र प्रदेशमा यी नेता सिफारिस

नागरिक रैबार/बाजुरा २१ भदौ। नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि बाजुराबाट १२ जना नेताहरुलाई सिफारिस गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट संघमा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कणर्बहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीलाई सिफारिस गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।

२ दिनदेखि जारी बैठकमा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) बाट २ जना र संघमा १ जना सिफारिस गर्ने गरी छलफल गरिएको भएपनि आकाक्षी उम्मेदवारहरुले आफ्नो दावी नछोड्दा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट ५ जना, (ख) बाट ४ जना र प्रतिनिधि सभाका लागि ३ जना गरी १२ जना उम्मेदवार सिफारिस गरिएको सचिव थापाले बताएका छन् ।

विज्ञापन

२ वटा प्रदेश सभा रहेको बाजुरामा (क) निर्वाचन क्षेत्रबाट केन्दीय सदस्य सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका छन् । त्यस्तै गरी प्रदेश निर्वाचन क्षेत्र (ख) केन्द्रिय सदस्य लालबहादुर थापा, लालबहादुर ओली, मिनबहादुर विष्ट र भरत बुढाको नाम सिफारिस गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।

प्रदेश सभा (क) बाट सिफारिस भएका ५ जना मध्ये बल्देव रेग्मी ०७४ मा विजयी प्रदेश सभा सदस्य हुन् । त्यस्तै प्रतिनिधि सभाका लागि सिफारिस भएका ३ जना मध्ये स्थायी कमिटी सदस्य कणर्बहादुर थापा ०७० मा संविधान सभा सदस्य हुन् भने प्रकाश शाह ०७४ मा प्रदेश सभा (ख) बाट विजयी भएका हुन् ।

त्यस्तै प्रदेश सभा (ख) का लागि सिफारिस भएका एमालेका केन्द्रिय सदस्य लालबहादुर थापा ०७४ मा प्रनिनिधि सभा सदस्यमा विजयी भएका थिए । २ दिन देखि जारी नेकपा एमाले बाजुराको बैठकले उम्मेदवारी छनोटमा व्यक्तिमा नभई विधिमा सहमति गरेर प्रदेश  र प्रतिनिधि सभाका लागि १२ जनालाई सिफारिस गरिएको पाटी सचिव थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार