होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस
समाचार

विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस

  • नागरिक रैबार
विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नं. १ का साथै नवलपुर निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।

नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँच जनाको नाम सिफारिस भएको छ । त्यस्तै नवलपुर क्षेत्र नं. १ मा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीन पटक यहि निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् । नवलपुर क्षेत्र नं. २ मा कांग्रेस नेता एवं उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय व्यापक सक्रियता बढाएका छन् ।

कांग्रेस नेता चौधरीले पार्टीको निर्णय अनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेताहरुलाई यसपटक नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस नेता चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार