होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रुसलाई बधाई
समाचार

देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रुसलाई बधाई

  • नागरिक रैबार
देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रुसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रुसलाई बधाई दिएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रुसलाई बधाई दिएका हुन् ।

I wish to extend my sincere congratulations to @trussliz for being elected as the leader of the Conservative Party that would make her the next Prime Minister of the United Kingdom. I look forward to working with her to further strengthen the longstanding Nepal-UK relationship.

— Sher Bahadur Deuba (@SherBDeuba) September 6, 2022

विज्ञापन

प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रुससँग सहकार्य गर्न तत्पर छु।’

निवर्तमान प्रधानमन्त्री बोरिस जोनसोन डाउनिङ स्ट्रिट छाडिसकेका छन् भने महारानी कहाँ राजीनामा दिन पुगेका छन् । ट्रुसले आज नयाँ प्रधामन्त्रीको रुपमा आफूलाई सहयोग गर्न र नयाँ सरकार बनाउन महारानीलाई जानकारी गराउने बीबीसीले जनाएको छ ।

लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी छिन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।

सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार