होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रेमगीत ३’का नेपाली र हिन्दी भाषाका थप दुई गीत रिलिज
समाचार

‘प्रेमगीत ३’का नेपाली र हिन्दी भाषाका थप दुई गीत रिलिज

  • नागरिक रैबार
‘प्रेमगीत ३’का नेपाली र हिन्दी भाषाका थप दुई गीत रिलिज

काठमाडौं । असोज ७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् । हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।

नेपाली संस्करणको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियो एउटै छ । दुवै रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङमा छायांकन गरिएको चिसोयामको दृश्यमा हिमाली ल्यान्डस्केप मनोहर देखिन्छ ।

दशैं छेकोमा फिल्म नेपाल र भारतसहित अन्य मुलुकमा समेत प्रदर्शन हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मले राजनीति र प्रेमको रस्साकस्सीको कथा पेश गर्छ ।

विज्ञापन

प्रेमगीत ३ को गीत ‘हर युग होस्’

प्रेमगीत ३ को हिन्दी गीत ‘तुम प्यार हो’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै