होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१ भदौ। हरितालिका तीजको दिन कन्चनपूरमा एक दलित महिलामाथि भएको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण गरेको छ । नेकपा (एमाले) निकट रहेका दलितहरुको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश कमिटिका सचिव जंग विकद्धारा हस्ताक्षरित एक बिज्ञप्ती जारी गर्दै दलित महिलामाथि भएको घटनाको ध्यानाकर्षण भएको जनाएको […]
बैतडी: बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकामा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणील प्रयासको आरोप लागेको हो। बुहारी नाता पर्ने २३ वर्षीया महिलाले आफुमाथिे जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी हुन्। भदौ १९ गते राति अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको […]
काठमाडौं । यसवर्षको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ। खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका […]
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ । सबै पढिसकेर हस्ताक्षर गराउँदा कम्तिमा पाँच घण्टा लाग्ने महाअभियोग सिफारिस समितिका सदस्यहरुको अनुमान छ । अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ । […]
डडेल्धुरा: डडेल्धुरामा सर्पले टोक्दा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो। बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो। त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन […]
नागरिक रैबार/बाजुरा ३१ भदौ।बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घिमिरे २०५६ र २०७४ को […]
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिले जबरासँग आज पूरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो । यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको […]
नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने निर्णय गरेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट […]
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर ९ मा २५ सदस्यीय बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको छ । बडीमालिका नगरपालिकाको वडा नम्बर ९ का महिलाहरुको उत्साहजनक भेलाबाट शोधा नेपाली संयोजक, उज्जला वि.क. सह–संयोजक, सचिव कल्पना विक रहने गरी २५ सदस्यीय वैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ कि एक ७२ वर्षिया बृद्ध महिलामाथि जवरजस्ती करणी भएको छ । बुधबार राति पौने १० बजेतिर सोही वडाका ४० वर्षिया विष्णु भारतीले ७२ वर्षिया वृद्ध महिला माथि जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बृद्ध महिला बिगत ३ बर्ष देखि प्यारालाईसिस सम्बन्धी […]
धनगढीः जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो। राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष […]
धनगढीः २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ललितले ती महिलालाई गत आइतबार उनकै डेरा कोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट पक्राउ गरेको हो। […]
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ । मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन […]
काठमाडौं । ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन […]
काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण […]