होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • बैतडीमा बुहारीमाथि जबरजस्ती करणी प्रयास
अपराध

बैतडीमा बुहारीमाथि जबरजस्ती करणी प्रयास

  • नागरिक रैबार
बैतडीमा बुहारीमाथि जबरजस्ती करणी प्रयास

बैतडी: बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकामा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणील प्रयासको आरोप लागेको हो। बुहारी नाता पर्ने २३ वर्षीया महिलाले आफुमाथिे जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी हुन्।

भदौ १९ गते राति अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा महिलाले उजुरी दर्ता गराएकी छन्। रातिको समयमा सुत्ने कोठामै आएर आफुमाथि हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ।

रोजगारीको सिलसिलामा भारत रहेका श्रीमानलाई घर बोलाएर प्रहरीमा निवेदन दिएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार जाहेरी परेको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार