होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस नेता विजयराज घिमिरेको निधन
समाचार

कांग्रेस नेता विजयराज घिमिरेको निधन

  • नागरिक रैबार
कांग्रेस नेता विजयराज घिमिरेको निधन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि.सं. २०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विज्ञापन

उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार