होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा ७२ वर्षिया वृद्ध महिलामाथि जवरजस्ती करणी
समाचार

बुढीगंगामा ७२ वर्षिया वृद्ध महिलामाथि जवरजस्ती करणी

  • नागरिक रैबार
बुढीगंगामा ७२ वर्षिया वृद्ध महिलामाथि जवरजस्ती करणी

नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ कि एक ७२ वर्षिया बृद्ध महिलामाथि जवरजस्ती करणी भएको छ । बुधबार राति पौने १० बजेतिर सोही वडाका ४० वर्षिया विष्णु भारतीले ७२ वर्षिया वृद्ध महिला माथि जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बृद्ध महिला बिगत ३ बर्ष देखि प्यारालाईसिस सम्बन्धी बिरामी भई बोल्न नसक्ने, अशक्त रहेको र उनलाई रातिको मौका छोपेर भारतीले जवरजस्ती करण गरिरहेको अवस्थामा वृद्धा महिलाका श्रीमानले देखेपछि पीडक भारती नग्न अवस्थामा झ्याल बाट हाम फाली भाग्न खोज्दा शक्त घाईते भएको भन्ने खबरपछि उनलाई घाईते अवस्थामा भेटाएको प्रहरीले बताएको छ ।

जवरजजस्ती करणी गरेर फरार हुन् खोज्दा लडेर घाइते भएका उनको उपचारको लागी बयलपाटा अस्पताल अछाम पठाएको र त्यहाँ उपचार हुन नसकी थप उपचारको लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलामाथि जवरजस्ती करणी गर्ने भारतीको घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार