होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली, साउन १६ । अज्ञात समूहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको –६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राति सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए। उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन्। तर, विप्लव समूहले आगजनी गरेको आशङ्का […]
प्रमित बि.क, बाजुरा, साउन १४। बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ मा मदिरा निषेध गरिने भएको छ । मदिराको व्यापक विक्रीवितरण र सेवनले गाउँपालिकामा कलह र झगडा हुनथालेपछि जनप्रतिनिधिले वडामा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । गौमुल गाउँपालिका वडा नं.६ का जनप्रतिनिधिले पहिलो बैठकमा मदिरा निषेध गर्नेे निर्णय गरेका हुन । मदिराका कारणले गाउँमै […]
काठमाडौं : विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन्। तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए। उनीहरूका हातमा नोटबुक थियो। सदन सुरु भयो। राष्ट्रिय गान बज्यो। सभामुख, मन्त्री र सांसद उठे। दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे। राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही […]
काठमाडौँ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गर्ने समेत निर्णय गरेको प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा […]
१३ साउन, काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको […]
ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् । अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताए । सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण […]
काठमाडाैं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो | नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार […]
एजेन्सी, ११ साउन । फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको बताइएको छ । शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५दशमलव ४ र ५ दशमलव ९ म्याग्निट्युडको भूकम्प गएको हो । उक्त प्रान्तमा […]
नागरिक रैबार/बाजुरा ११ साउन। शुक्रबार राति परेको भारी वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड अन्तरगत पानी नाउला नजिकैको सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु भएको छ । शनिबार विहान सदरमुकाम मार्तडी सम्म आउने यातायातका साधानहरु र सर्वसाधारणहरु पहिरोका कारण सडकमै अलपत्र परेपछि पहिरोलाई प्रहरीले हटाएर अवरुद्ध सडक सूचारु गरेको हो । जिल्ला प्रहरी कार्यालय […]
राजेन्द्र वि.क./बाजुरा ११ साउन. समुदायमा अतिरिक्त सिकाई कक्षा संचालन भएपछि बालवालिकाको पढाई प्रभावकारी बन्दै गएको छ । युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा बाजुराका स्थानीय तहहरुसंगको समन्वय र सेतोगुराँस बालबिकास सेवा बाजुराद्वारा संन्चालित समता र समाबेशी शिक्षा कार्यक्रम संचालन पश्चात समुदायका बालवालिकाहरुमा पढाई प्रति परिवर्तन आएको हो । समता र समाबेशी शिक्षा […]
अनिल शाही/बाजुरा ११ साउन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले कवर्डहल सहितको खेल मैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाले वडा नं १ काम्तीमा कवर्डहल सहितको खेलमैदान निमार्ण गर्ने भएको छ । नेपाल सरकारको निती अनुसार एक गाउँपालिका एक खेलकुद मैदान निमार्ण कार्यक्रम अन्र्तगत सम्भाब्यता अध्ययन गरी काम्तीमा खेलकुद मैदान निमार्ण गर्ने निर्णय गरेको हो । भौगोलिक […]
भैरहवा : प्रदेश ५ सरकारले समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपिदिएर ‘प्रोत्साहन’ दिएको छ। असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रदेश मातहतका थुप्रै योजना सम्पन्न नभए पनि असार २६ गते मन्त्रीस्तरीय बैठकबाट म्याद थपको बाटो खोलिदिएको हो। बैठकले एकातिर ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर म्याद थप गरेर काम अघि बढाउने दोहोरो निर्णय गरेको छ। […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख […]
उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु […]
९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो […]
काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी […]
बैतडी: बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो । जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले […]
बर्दिया — मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव […]