होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बोस्टन, भदौ १९ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था […]
धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप […]
नागरिक रैबार/बाजुरा १८ भदौ।बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका ईङ्गिलस बोर्डिङ्ग स्कुलका एकजना शिक्षकले बालकलाई शक्त घाईते बनाएका छन् । कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका वडा नं. ९ का कृष्णा थापाका अन्दाजी ८ वर्षिया बालक पविन्द्र थापालार्ई शिक्षकले कुटपिट गरेका हुन । बुधबार कक्षा संचालन भईरहेका बेला गृहकार्य नगरेको भन्दै बालक थापालाई विद्यालयका शिक्षक मानसिह खड्काले पाईपको […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]
१८ भदौ, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
धनगढी, भदौ -१७ । कैलालीमा अपरिचित समूहले आमाछोरी माथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गए राती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार गए राती ११ बजेको समयमा घरमै सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहले आमाछोरीमाथी […]
काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ। संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो। सामान्य प्राविधिक […]
नागरिक रैबार/बाजुरा, १७ भदौ । जिल्ला प्रहरी कार्यालय बाजुराले ५ महिनामा ५ सय रोपनी जग्गामा जागेकाे गाँजा नष्ट गरेको छ । प्रहरीले २०७६ बैशाख देखि भदौ सम्म पाँच महिनाको अवधिमा करिब ५ सय रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले केन्द्रिय नीति अनुरुप बाजुराका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा पुगेर गाँजा […]
काठमाण्डौ, १६ भदौ । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने रु पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन रु यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा […]
जाजरकोट : चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरी र चट्याङका कारण २५२ भेडा हराएका हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो। कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जिविका चलाउँदै आएका छन्। भेडा […]
प्रमित विक/बाजुरा १६ भदाै । यतिबेला जिल्लाका अधिकाँस शहरमा महिलाहरुले तीजको अवसरमा नाचगान गर्नुका साथै तीजको दर स्वरुप मिठा मिठा खानेकुराहरु खाएर रमाईरहेका छन् । जिल्लाको सदरमुकाम मार्तडी, कोल्टीबजार, बाम्का बजार र बेतालमाण्डौं बजारमा महिलाहरूले हर्षोल्लासका साथ तीज मनाईरहेका छन् । तर जिल्लाकै अति दुर्गममा रहेका महिलाहरुलाई तीज भनेको के हो ? तीज कसरी मनाउन्छन् […]
काठमाडौं : विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार राति चिनियाँ मुलका […]
झापा– आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव […]
बझाङ, १५ भदौ । सुरेश सुनार देशभरकै कान्छा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन । मोरङबाट सरुवा भएर बझाङ आएपछि उनले जनताको हितमा उल्लेख्य काम गरे । सडक निर्माणमा जनप्रतिनिधिको भन्दा जनताको साथ दिएको निहुँमा उनलाई जनप्रतिनिधिले जिल्लाबाटै लखेटे । उनको सरुवा भयो । तर गज्जवको पक्ष, उनको बिदाइ दुलही अन्माउदा भन्दा फरक भएन । जनप्रतिनिधिले […]
काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बैक तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो। ११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो। […]
धनगढीमा १० करोडको लगानीमा अत्याधुनिक वर्कशव सञ्चालनमा ल्याईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर २ को लोकेन्द्र मोहन मागर्मा टु–स्टप अटो वर्कसप प्रालि सञ्चालनमा ल्याईएको हो। वर्कसपको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे। १० करोडको लगानीमा निर्माण भएको वर्कसप सुदूरपश्चिमको पहिलो र अत्याधुनिक भएको दावी गरिएको छ। वर्कसपका प्रवन्ध निर्देशक अभियान खड्काले […]
रामबहादुर विक/ बाजुरा १५ भदाै । तीजको अवसरमा बडीमालिका नगरपालिका ७ सिराडी गाउँमा सरसफाई गरिएको छ । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र दिसा मुक्त सफा सुन्दर गाँउ बनाऔं भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा सरसफाई कार्यक्रम गरिएको हो । बडीमालिका नगरपालिकाको निणय अनुसार शनिबार नगरकार्यपालिका सदस्य धनमती […]
जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । […]