होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी
समाचार

छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

  • नागरिक रैबार
छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको  जनाएको छ। संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो।

सामान्य प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ता भित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको सो छानवीन समितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए। छानवीन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ।

छानवीन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै गाडीको पार्टस्हरु मिलाएर नराखिएको पाइएको पनि जनाएको छ। संयोजक बिडारीले ३ वटा गाडीमा भने मुख्य समस्या देखिएकाले त्यसलाई फिर्ता गराउन भनिएको पनि स्पष्ट पारे।

विज्ञापन

छानवीन समितिको सो प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे।

संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरुको प्रयोजनको लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानवीनका लागि सांसद बिडारी संयोजक  तथा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहनु भएको छानवीन समिति गठन गरेको थियो। छानवीन समितिले सभामुख महरालाई बुझाएको प्रतिवेदनमा सो गाडी खरिद प्रक्रिया भने कानुनसम्मत रहेको पनि उल्लेख गरिएको छ। साभार नागरिक दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार