होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु
समाचार

अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

  • नागरिक रैबार
अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

बोस्टन, भदौ १९ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

विज्ञापन

श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार