होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सिमकोटका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन। सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन। जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन्। भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका […]
नागरिक रैबार/बाजुरा २० मंसिर । बडीमालिका नगरपालिकाका पाँच वटा वडामा गैर सरकारी संस्था युएन हेविटेडलाई काम गर्न रोक लगाईने भएको छ । नगरपालिकाका ८ वटा वडामा राजनीतिक आस्थाका आधारमा एकलौटी सहजकर्ता छनोट गरिएपछि पाँच वटा वडाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै काम गर्न नदिने जानकारी गराएका छन् । नगरपालिकाले परीक्षामा सहभागि नभएकालाई वैकल्पीकमा राखेको र […]
महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम जिल्लाकी एक युवतीको मृत्यु भएपछि उनका जेठाजुलाई पक्राउ गरिएको छ । २१ वर्षीया पार्वती बुडा राउतको शव सोमबार बिहान छाउगोठ भित्र भेटिएको थियो । अत्यधिक चिसो बढेपछि उनले अघिल्लो रात सुत्ने बेला छाउगोठभित्र आगो बालेकी थिइन् । निस्सासिएका कारण उनको ज्यान गएको हो । ‘छाउपडी प्रथा अन्तर्गत कुनै […]
नागरिक रैबार/मंसिर १९ बाजुरा। स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु पछि अलपत्र बनेका दुई नावालक भाइबिहिनीलाई एसोएस वालग्राम धनगढीले उद्धार गरेको छ । साथै बच्चाहरुको सहयोगका लागि संकलित भएको रकम बच्चाका बुवालाई हस्तान्तरण गरिएको छ । दुई भाइबिहिनी अलपत्र परेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि एसोएस वालग्राम धनगढिले उद्धार गरेको एसोएस वालग्राम धनगढीका प्रमुख […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराका कृषकहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुरा निरन्तर लागिरहेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस अघि आलुको बजारीकरण गर्न बाजुराको ढम्कनेमा प्रथम ढम्कने आलु महोत्सव सम्पन्न गरिसकेको छ । प्रथम आलु महोत्सव पछि ढम्कनेका कृषहरुले फलाएका अग्रानिक आलु बाजुराबाट धनगढी, पोखरा र काठमाण्डौंका बजारमा विक्रीका लागि पठाइसकेको […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार […]
काठमाडाैं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितेको छ । बुधबार नेपालले साइक्लिङको डाउन हिलमा २ वटा स्वर्ण हात पारेको छ । साईक्लिङको पुरुष तर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी तेक्वान्दोमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।बुधबार महिला ६२ […]
बाजुरा १८ मंसिर। नेपाल टेलिकम दुरसंचार कार्यालय बाजुराले बाजुराका विद्यार्थी वर्गलाई लक्षित गरी निःशुल्क सिमकार्ड वितरण गर्दै आईरहेको छ । नेपाल टेलिकम दुर संचार कार्यालय बाजुराले एक सूचना जारी गर्दै बाजुराका विद्यार्थीहरुलाई लक्षित गरि आईतबारबाट निःशुल्क रुपमा सिमकार्ड वितरण गरिरहेको हो । नेपाल टेलिकमले बाजुराका विद्यार्थीहरुलाई मध्येनजर गरि ५० रुपैया व्यालेन्स भएको नमस्तेको सिमकार्ड निःशुल्क […]
काठमाडौं । सशस्त्र प्रहरी बलले मुख्य दुई पदका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्रमा रिक्त रहेको साधारण समूह र उपसमूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नयाँ जनशक्ति माग गरिएको हो । बुधबार (१८ गते) जारी सूचना अनुसार प्रहरी निरीक्षक पदमा ५८ र प्रहरी सहायक निरीक्षक पदमा २३९ गरी २९७ जनाका लागि […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, […]
काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त स्थान गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन भयो । यो निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनकै परिणाम हेर्दा आफूलाई भोट नै नहाल्ने उम्मेदवार पनि भेटिएको छ । यसरी आफैंलाई भोट नहाल्ने उम्मेदवारको संख्या २२ रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार […]
सुदूरपश्चिमाञ्चल विश्वविालयको केन्द्रीय क्याम्पसमा पहिले पटक नेपाली झण्डा राखिएको छ। महेन्द्रनगरस्थित केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले नेपाली झन्डा फहराएका हुन्। विश्वविद्यालय प्रशासनले चासो नदिएपछि आफुहरुले झण्डा फहराएको विश्वविद्यालयका विद्यार्थी नागेश प्रसाद पन्तले बताए। महेन्द्रनगरस्थित केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले नेपाली झन्डा फहराएका हुन्। विश्वविद्यालय प्रशासनले चासो नदिएपछि आफुहरुले झण्डा फहराएको विश्वविद्यालयका विद्यार्थी नागेश प्रसाद पन्तले बताए। विश्वविद्यालयको प्रवेशद्धार तथा […]
१७ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार डोटीमा पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करिब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि […]
बागलुङ- बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए । जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट […]
काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ […]
हिउँदे खेतीका लागि प्रदेश १ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ। प्रदेशका १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले बताए। हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ […]
काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंलबार बिहान १०.३० बजेको समयमा बा १ ज ५२१९ नम्बरको यात्रु बहाक जीप दुर्घटनामा परेको हो । १७ जना यात्रु बोकेको उक्त जीप पल्टिदा तीन जना घाइते भएका छन । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिकाऔ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा […]
अछाम — अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। […]
राजेन्द्र बिक/बाजुरा १६ मंसिर। बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न. ६ कोर्ध कि ६ वर्षिया शारीरिक रुपमा अपांग भएकी तुल्छी खड्का लाई बिद्यालय भर्ना गरिएको छ । युनिसेफ बिश्व शिक्षा नेपाल को सहयोग बडिमालिका नगरपालिकाको समन्वयमा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा संचालित समता तथा समाबेसी शिक्षा कार्यक्रम अन्तर्गतका सिकाइ उत्प्रेरक धन बहादुर रोकाया बालबालिकाको अवस्था बुझ्न […]
काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको नितजा सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । […]