होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अलपत्र बालवालिकाको उद्धार र आर्थिक सहयोग
समाचार

अलपत्र बालवालिकाको उद्धार र आर्थिक सहयोग

  • नागरिक रैबार
अलपत्र बालवालिकाको उद्धार र आर्थिक सहयोग

नागरिक रैबार/मंसिर १९ बाजुरा। स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु पछि अलपत्र बनेका दुई नावालक भाइबिहिनीलाई एसोएस वालग्राम धनगढीले उद्धार गरेको छ । साथै बच्चाहरुको सहयोगका लागि संकलित भएको रकम बच्चाका बुवालाई हस्तान्तरण गरिएको छ ।
दुई भाइबिहिनी अलपत्र परेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि एसोएस वालग्राम धनगढिले उद्धार गरेको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताएका छन् ।
साथै बच्चाको दुध, लुगाकपडा र खाद्यन्नको लागि सहयोग भन्दै देशबिदेश बाट आएको ६६ हजार १ सय ५० प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने बाट बच्चाको बुवालाई हस्तान्तरण गरिएको छ ।
समचार प्रकाशित पछि बच्चाहरुको अबस्था अलपत्र परेको थाहा पायौ, अनि उद्धार गरेको एसोएस धनगढीले वताएको छ । बच्चाहरुको सहयोगका लागि भन्दै गंगा कोइराला, नर मैनाली, बल खत्रि, बिन्द्रा खत्रि, सोनी रेग्मि बास्तोला, संगिता घिमिरे, अर्जुन भण्डारी, अमृता सुनार, मदन कुमार राई, संगम क्षेत्रिले सहयोग गर्नु भएको थियो । त्यस्तै रबिन श्रेष्ठ, मेनुका गुरुङ्ग, राजन श्रेष्ठ, मदन दाश, कृष्ण आर्चय र खगेन्द्र अधिकारीले सहयोग गर्नु भएको थियो ।
समाचार बाट अलपत्र थाहा पाएपछि सानै रकम भएपनि सहयोग गरेको अमेरिका बस्ने गंगा कोइरालाले वताए ।
स्वामिकार्तिक गाँउपालिकाले समचार सम्प्रेण पछि २५ हजार सहयोग गरेको गाँउपालिकाका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । रकम पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले संकलन गर्नु भएको थियो ।
आमा बच्चि लुवार गत साउनको महिना अकस्मात मृत्यु भएको थियो । ५१ बर्षिय बज्यै सुकी लुवारको भरमा दुई नावालक बच्चाहरु रहेका थिए । ३ बर्षको देबदत्त लुवार र ६ महिनाकी बसन्ती लुवार बेसाहारा बनेका हुन् ।
सम्पत्तिको नाममा एउटा घर समेत नभएकी सुकी लुवारलाई नाति नातिनि पाल्न निकै सकस भएको छ । ६ महिनाकी बसन्तिलाई अरु बाट गाई भैसीको दुध मागेर पालिरहेकि छन् । दुबै भाइबहिनि पाल्नका लागि गाँउ चार्हेने गरेको सुकीले वताईन् ।
अलपत्र रहेका दुबै भाइबहिनि कुपोषणको चपेटामा रहेका छन् । देबदत्त लुवार त अलि थिकै छन, ६ महिनाकी बसन्ती भने कुपोषण बाट निकै ग्रस्त रहेकी महिला अगुवा बिनिता बिकले वताईन् । पोषिलो खानेकुरा नभएकाले कुपोषणको चपेटामा रहेको सुमित्राले बताएकि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार