होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपनिर्वाचनमा आफैंलाई भोट नहाल्ने २२ उम्मेदवार (नामावलीसहित)
समाचार

उपनिर्वाचनमा आफैंलाई भोट नहाल्ने २२ उम्मेदवार (नामावलीसहित)

  • नागरिक रैबार
उपनिर्वाचनमा आफैंलाई भोट नहाल्ने २२ उम्मेदवार (नामावलीसहित)

काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त स्थान गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन भयो । यो निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचनकै परिणाम हेर्दा आफूलाई भोट नै नहाल्ने उम्मेदवार पनि भेटिएको छ । यसरी आफैंलाई भोट नहाल्ने उम्मेदवारको संख्या २२ रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १० जनाले एक मत मात्र पाएका छन् ।

शून्य मत पाउनेहरुमा सबै स्थानीय तहका उम्मेदवार छन् । ती उम्मेदवारहरुमा सिराहको कल्याणपुरका वडा अध्यक्षका उम्मेदवार गौरी शंकर यादव, श्यामबाबु दास, सूर्यनारायण राय, हेबु मुखिया, महोत्तरीको बलवा नगरपालिकाको वडा अध्यक्षमा उम्मेदवार भएका सवोध साह, वालवा नगरपालिकाका रामचन्द्र महतो कोइरी, रामवृक्ष सहनी मलाह, सुरेश महतो कोइरी, सोगिन्द्रर महतो छन् ।

विज्ञापन

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका थारुक सेक, सहदेव ठठेरी, सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार मनोजकुमार यादव, मनोजकुमार रायले एक मत पनि पाएनन् ।

यसैगरी, रौतहट गढीमाई नगरपालिका नथुनी पासवान, विनय साह तेली, सकुर मियाँ, हविब राय भाट, बारा जिल्लाको बारागढी नगरपालिका नरेश पासवान, कपिलवस्तु शिवराज नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार नूर मोहम्मद मोनीहार, मोहम्मद रफिक मोनिहार, शिवनारायण कुर्मी, शिव भक्त ठाकुर (नाउ), शिवलाल यादवले पनि आफूलाई आफ्नो मत नदिएको पाइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्लाको क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दुई जना स्वतन्त्र उम्मेदवार ६६ वर्षका उमनाथ गौतम र यज्ञप्रसाद पगेनीलेले एक एक मत प्राप्त पाएका छन्। यस्तै, अन्य सात जना उम्मेदवारले ४ देखि ११ मतसम्म मत पाएका छन् ।

यस क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए र कुनै पनि स्वतन्त्र उम्मेदवारले एक सय मत पाउन नसकेको पाइयो ।

यसैगरी, प्रदेशसभा सदस्यतर्फ भक्तपुर जिल्लाबाट स्वतन्त्र उम्मेदवार ३२ वर्षका सुजाता देउजाले एक मत मात्रै पाएकी छन् ।२ मत मात्रै पाउने उम्मेदवारहरुमा भक्तपुरबाटै उम्मेदार बनेका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार मधसुदन न्यौपाने र दाङ्बाट उम्मेदवार बनेका दिपककुमार धिताल, स्वतन्त्र उम्मेदवारहरु कृष्णराम पोतराम पोतामाहा, गोविन्द के.सी. रहेको आयोगले जनाएको छ ।

जम्मा १० मत पनि प्राप्त गर्न नसक्ने प्रदेशसभाका सदस्यका उम्मेदवारको संख्या १५ छ ।स्थानीय तहका लागि भएको उपनिर्वाचनमा पाँचथर जिल्लाको फिदिम नगरनगरपालिका वडा १ मा वडाअध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार २४ वर्षका जानुका थामसुङ्हाङ्, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको प्रमुख पदका ३९ वर्षका उम्मेदवार दिनेश श्रेष्ठ, खोटाङ साकेला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वर्ष ४० इन्द्रबहादुर खड्का, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार वर्ष ३० का धीरेन्द्रकुमार यादवले एक एक मत मात्रै प्राप्त गरेका छन् ।

यसैगरी, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार वर्ष ७९ का पुनीत अधिकारी, सोही जिल्लाको बलुवा नगरपालिका वडा नं. २ का स्वतन्त्रहरु उम्मेदवार वर्षका ३६ वर्षका हेमन्तकुमार साह, बलुवा नगरपालिका वडा नं. ८ कै वडा अध्यक्ष २५ मिसरी मण्डल र रामदेवीन महतोले पनि आफ्नो मात्रै मत पाएका छन् ।

गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ६ का स्वतन्त्र उम्मेदवार मनबहादुर पचभैयाले आफ्नो मात्रै मत पाएका छन् । स्थानीय तहमा १० मतभन्दा कम पाउने उम्मेदवारको संख्या ९१ जना रहेको छ । उपनिर्वाचनमा सरदर १.६१ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार