होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कृषि ज्ञान केन्द्र बाजुराले आलु पछि कोदोको बजारीकरण गर्दै
Breaking News

कृषि ज्ञान केन्द्र बाजुराले आलु पछि कोदोको बजारीकरण गर्दै

पहिलोपटक कोदो काठमाण्डौं लगियो

  • नागरिक रैबार
कृषि ज्ञान केन्द्र बाजुराले आलु पछि कोदोको बजारीकरण गर्दै

नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराका कृषकहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुरा निरन्तर लागिरहेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस अघि आलुको बजारीकरण गर्न बाजुराको ढम्कनेमा प्रथम ढम्कने आलु महोत्सव सम्पन्न गरिसकेको छ ।

प्रथम आलु महोत्सव पछि ढम्कनेका कृषहरुले फलाएका अग्रानिक आलु बाजुराबाट धनगढी, पोखरा र काठमाण्डौंका बजारमा विक्रीका लागि पठाइसकेको छ ।

रैथाने बालीको संरक्षण, प्रर्वद्धन विस्तार बाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार भन्ने मुल मन्त्रको उद्देश्यका साथ कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका रैथाने बालीहरुको बजारीकरण गरिरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

विज्ञापन

बाजुराका अग्रानिक आलु र स्याउको बजारीकरण पछि बाजुराबाट अग्रानिक कोदोको बजारीकरण गर्न बाजुराबाट ८५ क्वीन्टल कोदो पहिलोपटक काठमाण्डौं पठाउन सफल भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा समन्वय र बाजुरा कोसेली घरको संकलन तथा बजारीकरण प्रयासमा बाजुराको ८५ कुईन्टल अर्गानिक कोदो पहिलो पटक काठमाडौंमा पठाउन सफल भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको अर्गानिक कोदोको आस्मान लामाले काठमाडौंमा वजारीकरण गर्ने भएका छन् । बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अबसर र सम्भावनाको जिल्ला पनि हो भन्ने कुरा स्थापित गर्न कृषि ज्ञान केन्द्र बाजुरा लागिरहेको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनबहादुर जैशीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार