होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिदै
समाचार

बाजुरामा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिदै

  • नागरिक रैबार
बाजुरामा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिदै
Image may contain: Madan Bk, sunglasses
मदन विक

बाजुरा १८ मंसिर। नेपाल टेलिकम दुरसंचार कार्यालय बाजुराले बाजुराका विद्यार्थी वर्गलाई लक्षित गरी निःशुल्क सिमकार्ड वितरण गर्दै आईरहेको छ ।
नेपाल टेलिकम दुर संचार कार्यालय बाजुराले एक सूचना जारी गर्दै बाजुराका विद्यार्थीहरुलाई लक्षित गरि आईतबारबाट निःशुल्क रुपमा सिमकार्ड वितरण गरिरहेको हो ।

नेपाल टेलिकमले बाजुराका विद्यार्थीहरुलाई मध्येनजर गरि ५० रुपैया व्यालेन्स भएको नमस्तेको सिमकार्ड निःशुल्क वितरण गरिरहेको नेपाल टेलिकम दुरसंचार कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मानबहादुर रोकायाले बताएका छन् । रोकायाका अनुसार यहाँका अतिविपन्न विद्यार्थीहरुका लागि यस वर्ष २ सय ५० वटा नमस्तेका सिमकार्डहरु निःशुल्क रुपमा वितरण गरिने भएका छन् ।

टेलिकमले निःशुल्क सिमकार्ड लिने विद्यार्थीहरुलाई विद्यार्थी परिचयपत्र, सम्वन्धित विद्यार्थीका बुवा वा आमाको नागरिकता र एक प्रति फोटो सहित माग गरेर नमस्तेका सिमकार्डहरु धमाधम वितरण गर्दै आईरहेको छ । यो समाचार तयार पार्दासम्म टेलिकमबाट १० जना बढी विद्यार्थीहरुले निशुल्क रुपमा सिमकार्ड लिइसकेकाे छ ।

विज्ञापन

टेलिकमले दुर्गमका विद्यार्थीहरुलाई लक्षित गरेर ५० रुपियाँ ब्यालेन्स भएको नमस्तेको सिमकार्ड निःशुल्क बितरण गरेपछि यहाँका विद्यार्थीमा खुसी छाएको बडीमालिका नगरपालिका ७ कि अनिता धामीले बताईन् ।

टेलिकमले निःशुल्क वितरण गरेको सिमकार्डले निम्न आयस्रोत भएका विद्यार्थीहरुको संचार क्षेत्रमा सजिलै पहुँच पुग्ने आशा लिएको मालिका माविमा अध्ययनरत विद्यार्थी ललिता कुमारी रोकायाले बताईन् ।

नेपाल टेलिकम बाजुराले जिल्लाका विभिन्न विकट ठाउँहरुमा आफ्ना सेवा ग्राहीहरुलाई मध्येनजर गरि नमस्ते तथा स्काई सेवाका १५ वटा टेलिकमका टावरहरु निर्माण गरि स्थानीय सेवाग्राहीलाई संचार सेवा प्रदान गर्दै आईरहेको छ ।  बाजुरा जिल्लामा हाल ल्याण्डलाईन, स्काई, नमस्ते, एनसिएल लगायतले सेवा दिदै आईरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार