होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो । राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय […]
नागरिक रैबार/बाजुरा २५ माघ। बडीमालिका नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सूरु हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता आजबाट सूरु हुन् लागेको हो । बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा आजदेखि सो प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता सदरमुकाम […]
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नागरिक रैबार/बाजुरा २४ माघ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, […]
काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ ११ बजे हुने भएको छ।संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छन् । शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ ।निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको […]
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् । यो सँगै विश्वासको मत लिने […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ । समृद्धीका लागि सचारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रेस […]
नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ । २०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । शिक्षक जोशीले […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ६ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६ कोठे नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । गाउँपालिकाको ४२ लाखको लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको उद्घाटन जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ । एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् । उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ […]
नागरिक रैबार/बाजुरा १९ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार बसेको प्रेस चौतारी बाजुराको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निणर्य गरेको हो । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवस यहीँ माघ २२ गते बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर नछोडेका हुन् । सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुरामा चोरी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षका नरदेव जैशी रहेका छन् । जैशीलाई जिल्ला अदालत बाजुराले चोरी मुद्दामा १ महिना १२ दिन कैद र नगद २ हजार जरीवाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका जैशीलाई […]
काठमाडाैँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी सभामुखले नेपालको संविधानको धारा ८९ […]
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।
धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका […]
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबारबाहिर वा निवासबाट […]