होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५ अर्ब ६ करोड रुपैयाँ बजेट विद्यालयका खुद्रे कार्यक्रममा सक्ने योजना तय गरेको छ । उक्त बजेट आर्थिक वर्षको अन्तिममा देशभरका ४ हजार २ सय ५० विद्यालयमा खर्च गर्न लागिएको हो । ५ अर्ब ६ करोड रुपैयाँ ४ हजारभन्दा बढी विद्यालयलाई बाँड्दा एउटा विद्यालयको भागमा करिब १२ लाख पर्न […]
काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले उपचारका […]
जनकपुर — नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए । ‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल […]
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् । गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने […]
धनगढी: धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट कोरोना संक्रमिण पुस्टि भएको थियो। त्यसपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। ती […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो । त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको ओली पक्षले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीहरुलाई फलफुल र मास्क बाँडेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त पक्षले विरामीलाई फलफुल र मास्क बाँडेको हो । विहिबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले ओली पक्षका नेता जनक बोहराको नेतृत्वमा अस्पतालमा […]
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् । […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य भरत थापाले पूर्व उद्योगमन्त्री तथा नेकपा एमाले ओलीसमूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई आफुसंगै वडामा वडा अध्यक्षमा सँगै लडाए आफुले चुनाव जितेर देखाउने चेतावनी दिएका छन् । विहिबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सदरमुकाम […]
बझाङ: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्। उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भएपनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन्। जिल्ला कारागारमा समूहका पाँच जना कार्यकर्ता थिए। यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त […]
९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एमाले कार्यकर्ता बालिका खड्का छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै आफूहरु आफुहरुले त्यसलाई रोक्ने विभाजनबाट रोक्न चाहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताहरुले सामुहिक रुपमा अपिल जारी गर्दै अध्यक्ष केपी ओलीले नेकपा एमालेलार्ई विभाजन, विघटन हुदै कम्युनिष्ट आन्दोलनकै […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पार्टीका बाजुरा अध्यक्ष गगन रावल, सचिव पुरबहादुर रावत र उप-सचिव निरबहादुर शाहीलाई नेकपा एमालेका केन्द्रिय सदस्य प्रकाश शाहले एकैसाथ सपथ ग्रहण गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठकमा उनीहरु तिनै सहित जिल्ला कमिटीका सवै पदाधिकारीहरुलाई पनि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठक सदरमुकाम मार्तडीमा सूरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त विस्तारित बैठक पहिलोपटक मार्तडीमा बसेको हो । नेकपा एमाले बाजुराका जिल्ला कमिटी अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। बाजुरा जिल्लामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा रहँदा सम्म कसैको दवावमा परेर काम नगर्ने बताएका छन् । विहिबार प्रमुख जिल्ला प्रजिअ अधिकारीले जिल्लामा क्रियासिल संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लामा आफु रहँदा सम्म कसैको कुनैपनि किसिमको दवावमा परेर काम नगर्ने बताएका हुन् । कसैको दवावमा परि काम […]
९ वैशाख, काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् । एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने […]
९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]
काठमाडाैं । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय आजदेखि थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । त्यसअघि भुकम्पले भत्काएको एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा नयाँ भवन निर्माणका लागि शिलान्यास […]
काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, […]