होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालुवाटारको बालुवामा तेल छैन : नेपाल
समाचार

बालुवाटारको बालुवामा तेल छैन : नेपाल

‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरू बालुवाटारनजिकको बाटो हिँड्नै छोडे ।’

  • नागरिक रैबार
बालुवाटारको बालुवामा तेल छैन : नेपाल

जनकपुर — नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए ।

‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’ पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए पनि छलफल सकारात्मक हुन नसकेको उनले बताए ।

अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति हावी नेपालको आरोप थियो । ‘केपी ओलीको दम्भ कठामाडांैको नवनिर्मित धरहराको उकालो चढ्दै छ,’ नेपालले भने,‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’

विज्ञापन

त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिँड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालको भनाइ थियो । ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने,‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

बालुवाटारमा डिनर चल्दाचल्दै किन उठेर हिँडे वामदेव ?
पार्टीमा बहुमत रहेकोले ओलीले कारबाही गर्दैमा पार्टी नफुट्ने दाबी गर्दै नेता नेपालले नाम र चिन्हभन्दा पनि विचार मूल कुरा हुने बताए ।

नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको बताउँदै नेपालले फागुन २३ पछिका दस्तावेजहरु समेटर अभियान, एकता प्रयास र कारबाहीबारे निकालेको पुस्तकले कार्यकतामा रहेको भ्रम समाप्त हुने बताए । ओलीले गरेका निर्णय फिर्ता नलिएसम्म एकीकृत रुपमा जान नसकिने पनि उनको भनाइ थियो । नेता वामदेव गौतम पार्टी एकता जोगाउनका लागि बिहीबार बेलुकी बालुवाटार गएको तर ओलीले आफ्नो जिद्दी नछाडेपछि गौतम डिनर छोडेर हिँडेको पनि उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार