होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य […]
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । तर हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन । भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।
११ वैशाख, काठमाडौं । जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त ऋतुमा जनताले […]
११ वैशाख, काठमाडौं । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था […]
देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै […]
१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका […]
१० वैशाख, बझाङ । भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् । ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने […]
१० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त […]
काठमाडौं। नेपाल कृषि प्रधान देश हो। नेपालमा अहिले पनि करिब दुईतिहाई जनसंख्या कृषि पेशामा निर्भर छन्। यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ। तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु पर्ने बाध्यता छ। नेपालमा करिब ८० प्रतिशत नागरिक ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ। […]
१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । […]
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए । खड्काले दल त्याग गरेकाले […]
१० वैशाख, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले […]
बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर […]
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीमा हेरफेर गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको स्थायी कमिटिमा हेरफेर गरेको हो । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् : एमाले स्थायी कमिटी १. केपी शर्मा ओली २. वामदेव गौतम ३. ईश्वर पोखरेल […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन हुन पुगेको बताएका छन् । आज बालुवाटारमा जारी पार्टीको महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका हुन् । बैठकमा बोल्दै अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले आफनो जन्मदिनको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेका छन् । जन्मदिनको अवसरमा शुक्रबार विहान कारागारमै पुगेर सभापति पण्डितले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् । बडीमालिका नगरपालिका १ निवासी पण्डितले जन्म दिनको अवसरमा अन्य फजुल खर्च कटाएर कारागार बाजुराका कैदीहरुलाई फलफुल वितरण गरेका […]