होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपा एमाले बाजुराद्धारा विरामीलाई फलफुल र मास्क
समाज

नेकपा एमाले बाजुराद्धारा विरामीलाई फलफुल र मास्क

  • नागरिक रैबार
नेकपा एमाले बाजुराद्धारा विरामीलाई फलफुल र मास्क

नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको ओली पक्षले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीहरुलाई फलफुल र मास्क बाँडेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त पक्षले विरामीलाई फलफुल र मास्क बाँडेको हो । विहिबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले ओली पक्षका नेता जनक बोहराको नेतृत्वमा अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई प्रत्यक्ष भेटेर उनीहरुको स्वास्थ्य लाभको कामनासहित फलफुल र मास्क वितरण गरेको ओली पक्षका एक नागरिक रैबारलाई बताए ।

विज्ञापन

यो समयमा कोरोनाको उच्च जोखिम भएकोले मार्तडीमा उपलव्ध नेताहरु गएर विरामीलाई फलफुल र मास्क वितरण गरेका हौं उनले भने ।

यता पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेकै माधव समूह पक्षले बाजुरामा प्रथम विस्तारित बैठकको आयोजना गरेको छ । पार्टीको स्थापना दिवसको अवसर पारेर बाजुरामा ओली पक्ष र नेपाल पक्ष दुवैले अलग–अलग कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार