होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । अदालतमा जानअघि यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ । सो पक्षका नेता बेदुराम भुषालले रातोपाटीसँग कुरा गर्दै भने, ‘अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदालत जाने भएका छौँ । त्यही विषयमा छलफल गर्न स्थायी […]
८ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुले कक्षा १० को परीक्षालाई निरन्तरता दिएका छन् । एसईईको परीक्षा नजिक रहेकोले त्यसको तयारीका लागि विद्यालय बन्द भए पनि परीक्षा नरोकेको उनीहरुको भनाइ छ। संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेको सहअध्यक्ष डिके ढुंगानाले बताए । गएको ६ गते सरकारले अति प्रभावित शहरी क्षेत्रका […]
मदन विक/बाजुरा ७ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा जारी १२ औ राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिनमा भएको विवादलाई लिएर मालिका मावि तथा बडीमालिका नगरपालिकाको नाम लक्षित गरिएको प्रति बडीमािलका नगरपालिकाका प्रशिक्षकहरुले आपत्ति जनाएका छन् । प्रतियोगिता संचालनका क्रममा विवादस्पद घटनाक्रमलाई जोडेर मालिका मावि तथा सिंगो बडीमालिकाको नामसंग जोडि अतिरन्जित पारिएका आरोपहरु […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो । प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न […]
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सोमबार निर्णय गर्यो – मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने । तर, सरकारको उक्त निर्णयको उल्लंघन दोस्रो दिनबाटै सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट सरकारी नियमको […]
७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले […]
७ वैशाख, बागलुङ । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ । निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन् । बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन । बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन । […]
७ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले अनलाइनखबरलाई जानकारी दिए । ‘वडाका ६ […]
७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ ।पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिए । स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा […]
काठमाडौँ — देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने उनले […]
लेखानी, उदयपुर — सिद्धिचरण राजमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । २०७३ मंसिर २४ गते घुर्मीबाट कटारी लागि आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डको पहिरो गएको स्थान उदयपुरको कटारी नगरपालिका–११ टाटीमा […]
७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा माथि सबैलाई भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागू हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी […]
काठमाडौं । एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् । सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना […]
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् । […]
६ वैशाख, काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी हुन् । गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको […]
६ वैशाख, काठमाडौं । सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य […]
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो । गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन […]
दैलेख: दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत आइतबार दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भइ सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय […]