होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले राष्ट्रघाती काम गरे, आवश्यक पाइला चाल्छौं : भीम रावल
समाचार

ओलीले राष्ट्रघाती काम गरे, आवश्यक पाइला चाल्छौं : भीम रावल

  • नागरिक रैबार
ओलीले राष्ट्रघाती काम गरे, आवश्यक पाइला चाल्छौं : भीम रावल

काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको रावलले बताए।

‘संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी र आम निर्वाचनमा जनताले दिएको जनादेशको विरुद्धमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। रावलले शुक्रवार गरिएको मन्त्रिपरिषद् पुनर्गठनले प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको टिप्पणी पनि गरे।

उनले भनेका छन्, ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ।’ रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेश विपरीत रहेको प्रतिक्रिया दिए।

विज्ञापन

लोकतान्त्रिक पार्टीको सिद्धान्त विपरितका गतिविधि जारी राखेकोले ओलीविरुद्ध आवश्यक पाइला चाल्ने स्थितिमा पुगेकोसमेत उनले उल्लेख गरेका छन्। ‘यसप्रकारका राष्ट्रघाती, जनघाती, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेका हौं,’ रावलको भनाई छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार