होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिँदै
समाचार

ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिँदै

  • नागरिक रैबार
ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिँदै

ओली सरकारका महत्वपूर्ण सारथीका रुपमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

एमालेले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले बतायो ।

यो मापदण्ड अनुसार सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् ।बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पर्नेछन् ।

विज्ञापन

पोखरेल र ज्ञवालीले पार्टीको जिम्मेवारी सम्हाल्ने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने स्रोतले बतायो । उनलाई वामदेव गौतमको ठाउँमा उपाध्यक्ष बनाउने र पार्टी कामको जिम्मा दिने सम्भावना छ ।

हाल पार्टीको प्रवक्ता रहेका प्रदीप ज्ञवालीले पनि पार्टीको काम सम्हाल्ने र उनलाई भावी महासचिवका रुपमा हेरिएको स्रोतले बतायो ।

त्यसो त एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्री सहित गृहमन्त्री पाउनुपर्ने ईच्छा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी वा महेश बस्नेतमध्ये एकजनालाई ल्याउन चाहेको स्रोतको भनाइ छ ।

उपप्रधानमन्त्रीमा तीनजना

कामचलाउ सरकारको उपप्रधानमन्त्री तीनजना बनाइने भएको छ । विष्णु पौडेल सिनियर उपप्रधानमन्त्री बन्ने भएका छन् भने जसपाका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री बनाइएको छ ।

महतोलाई समानान्तर पोजिसनमा राख्नका लागि यसअघि मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएर ल्याइँदैछ । यसअघि महासेठकी पत्नी जुली महतो मन्त्री बनेकी थिइन् । जुलीलाई हटाएर पतिलाई ल्याइएको छ ।

एमालेलाई चुनावमा आर्थिक योगदान समेत गर्न सक्ने हैसियत भएका महासेठ परिवार सरकारमा आलोपालो सहभागी बन्ने भाग्यमानी दम्पती ठहरिएका छन् । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार