होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाबुरामको कटाक्षः नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ?
समाचार

बाबुरामको कटाक्षः नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ?

  • नागरिक रैबार
बाबुरामको कटाक्षः नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ?

२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’

यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?

विज्ञापन

उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।

जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार