होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको […]
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् । उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत न्यायालय नझुकेको स्मरण गर्दै अहिलेको परिस्थितिमा करिब करिब ध्वस्त भएको संविधान न्यायालयले बचाउनुपर्ने बताए । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे […]
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।
धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार […]
२३ जेठ, धनगढी । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ । घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीले […]
२३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण पेश गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण […]
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
२३ जेठ, सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् ।होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]
काठमाडौं, जेठ २३ । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् । सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति […]
हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो। कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन […]
काठमाडौं — प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि जेठ १८ मा उनीहरुले इजलास नछाड्ने राय दिए । तर, बरिष्ठ […]
धनगढीः चुरे क्षेत्रमा खोला तथा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी भइरहेको छ। प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लालाई चुरे वन क्षेत्रले समेटेको छ। यी क्षेत्रका निषेधित खोलाहरूबाट ठेकेदारहरूले ढुङ्गा, बालुवा, तथा गिट्टी उत्खनन गरी निकासी गर्दै आएका छन्।चुरेको अवैध दोहनमा ठेकेदारहरूनै सक्रिय रहेको पाइएको छ। तर […]
चक्र बहादुर अयडी । त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले आधुनिक फलामे टनेलको अनुगमन गरिएको छ । कृर्षि ज्ञानकेन्द्र बाजुराको आर्थिक सहयोगमा र त्रिवेणी नगरपालिका कृर्षि शाखाको समन्वयमा निर्माण गरिएका त्रिवेणी नगरपालिकामा रहेका सात जना व्यवसायिक कृर्षकहरुले निमार्ण गरिएका फलामे टनेलको शुक्रवार अनुगमन गरिएको छ । निर्माण गरिएका टनेलहरुमा वेमौषमी लगाएतका तरकारी र विउविजन उत्पादन […]
२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको खबर आइरहेका छन्। उनले आफूसँग रहेका मौज्दात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेका छन्। आफूसँग थप ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको स्रोतले बताएको छ।जसअन्तरगत सुदूरपश्चिमबाट ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना […]
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलिया सरकारले नेपाली सेनाका लागि पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् । कोभिड–१९ बिरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीका लागी आवश्यक स्वास्थ्य सामग्री अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो । बलाधिकृत रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको […]
काठमाडौं । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।