होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकताबद्ध एमालेको विपक्षमा म छैन : माधव नेपाल
समाचार

एकताबद्ध एमालेको विपक्षमा म छैन : माधव नेपाल

  • नागरिक रैबार
एकताबद्ध एमालेको विपक्षमा म छैन : माधव नेपाल

एक साताभित्र वार्ता टुंगो नलागे नयाँ क्रान्तिकारी पार्टी घोषणा गर्ने उद्घोष गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू एकताबद्ध एमालेको विपक्षमा नरहेको बताएका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समापन मन्तव्य राख्दै उनले एमालेको एकताकै पक्षमा आफू पनि रहेको बताएका हुन् ।

एकताका लागि भने उनले सर्त अघि सारेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको पक्षमा मात्रै एकता हुने उनको भनाइ छ । ‘एमालेको संस्थापक मध्येको एक मलाई पनि यो पार्टीप्रति यसले नेतृत्व गरेको आन्दोल र गौरवको माया छ । तर, गलत कुरालाई मानेर एकतामा बल गर्ने पक्षमा म छैन । एकताबद्ध एमालेको विपक्षमा पनि छैन । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको पक्षमा लाग्ने सर्तमा मात्रै एकताबद्ध एमाले सम्भव छ,’ उनले भने ।

नेता नेपाल समूहलाई कार्यकर्ताहरूले एकताको लागि दबाब दिएका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले नयाँ पार्टीको घोषणा अघि वार्ताको पहललाई निष्कर्षमा पुर्‍याउने कोशिस गर्न सुझाएका छन् । वार्ताका नाममा समय खेर फाल्न नहुने मध्ये अधिकांशले मिति तोकेर अघि बढ्न ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन

एकताबद्ध एमालेका लागि यो समूहका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले पहल गरिरहेका छन् । भुसाल र पाण्डेले बिहीबारको बैठकमा नेता नेपालकै सुझावअनुसार एकताका लागि वार्ता गरिरहेको जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।

शुक्रबारको बैठकमा बोल्दै विष्ट र भट्टराइले एकताको लागि गरिएका प्रयास आत्मसमर्पण नभएको बताएका थिए । परिणाम आउने किसिमले गरिएका छलफल र संवाद गैरक्रान्तिकारी नहुने उनीहरूको भनाइ थियो ।नेता नेपालले केहीबेरमा बैठकबारे वक्तव्य निकाल्ने तयारी गरेका छन् । दुई दिनसम्म भर्चुअल विधिबाट बैठकको आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार