होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नेदरल्याण्ड विश्वको सबैभन्दा सून्दर देशहरुमा गनिन्छ । तर अहिले नेदरल्याण्ड सून्दरताका अलावा क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् । नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो […]
रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको तीन वर्ष बित्यो । तर, पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा कार्यक्रमले हालसम्म ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ । कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल गर्नुपर्ने अपेक्षित प्रतिफललाई नतिजा […]
१८ भदौ, काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव […]
१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा […]
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम […]
नागरिक रैबार/बाजुरा १७ भदाै । कोभिड १९ को तेस्रो भेरियन्ट आउन सक्ने भएकाले यसको नियन्त्रण गर्न पुर्ब तयारीका लागि सरोकारवाला निकायसँग एक गोष्ठीको आयोजना गरेर छलफल गरिएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा १७ भदौ । बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् । भालुकाे आक्रमणमा परि घाइते हुनेमा साेही वडाकि २१ वर्षिया काैसिला नेपाली रहेकी छन् । बिहिबार दिउसाे ४ बजे दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।घाइते युवतिको थप […]
१७ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी […]
काठमाडौंः नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन्। बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम […]
कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर भएकी थिइन् । […]
ठमाडौँ — प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीशबाहेकको इजलासको गठनको माग गर्दै परेको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । अधिवक्ता दीपकविक्रम मिश्रले दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा भइरहेको छ । अधिवक्ता मिश्रले आफ्नो मुद्धा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम प्रधानन्यायाधीशबाहेकको इजलासको गठन माग गर्दै रिट दायर गरेका थिए । त्यस्तै प्रधानन्यायाधीश संवैधानिक […]
काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र […]
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन्। बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। अलीले सन् १९९३ देखि […]
भक्तपुर– भक्तपुर नगरपालिकाकी नजरमाया उमेरले ५० पुगे पनि दैनिकजसो व्यस्त हुन्छिन् । बिहान सबैरे उठी घरायसी काम सकाएर खाना खाई ११ बजे गोल्मढीस्थित शिशु स्याहार केन्द्र पुग्छिन् । त्यहाँ उनीजस्तै महिला भेला भएर मादल बजाउनदेखि कोठा सजाउने आकर्षक सामग्री बनाउन थाल्छन् । उनी शिशु स्याहार केन्द्रमा शिक्षिकाको रूपमा कार्यरत छिन् । साना नानीलाई पढाउने उनी अहिले […]
१७ भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास […]
धनगढी : सुदूरपश्चिममा नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्ने क्रम जारी छ। अहिलेसम्म नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १० जनाले पार्टी विभाजनसँगै औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरु विगतदेखि नै नेपाल समूहमा थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, […]
जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको १० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो। यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ […]