होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको […]
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका […]
काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् ।धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता गरिरहेको छ । […]
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो । विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा रोपिएको छ । कार्यक्रममा गृहमन्त्री […]
भदाै १६ वागमती । यो मञ्चमा रारिखएको पुस्तकको तस्विर हो । नेपालको राजनीतिक पार्टीहरुको भेला, बैठकमा यस्तो दृश्य सायदै देखिएको होला । अक्सर राजनीतिक पार्टीहरुका बैठक या सभामा नेताहरु बस्ने विशेष प्रकारको मञ्ज बनाइको हुन्छ । त्यस्ता मञ्चहरु सक्दो सिंगारिका हुन्छन् । मानौ त्यो महाराज बस्ने सिंहासन हो । पार्टीका कार्यकर्ताहरु रैती हुन । तिनीहरु […]
‘बा’को आँगनले चर्को सन्देश दियो– दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज, दिएको खाऊ र अरनखटनमा बस समाजवाद भनेर नथाक्ने, जेलाई पनि समाजवादसँग गाँसेर विश्लेषण गरेको भान पार्न सक्ने ओलीसँग असहमत भनिएको दोस्रो पुस्ताले ओलीकै आँगनमा सहमति गरे । ओली समाजवादी भएर सहमति भयो कि बेजोड सैद्धान्तिक भनिएको दोस्रो पुस्ता ओलीकरण भयो, भविष्यमा खुल्नुपर्ने केही छैन […]
काठमाडौं। नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन्। कोभिड–१९ संक्रिय संक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उपत्यकाका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका […]
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली […]
माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’ मैले भनेँ, उहाँ (झलनाथ) लाई वरियतामा दुई नम्बरमै राख्नु, म सहअध्यक्ष भए पनि तीन नम्बरमा राख्दा तपाईंलाई सहयोगका निम्ति ठिक […]
पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको […]
नागरिक रैबार/बाजुरा १५ भदौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालकाे केन्द्रीय सदस्यमा बाजुराका कविजंग शाही मनाेनित भएका छन् । मंगलबार सम्पन्न वाईसीएलकाे राष्ट्रिय भेलाबाट बाजुराका शाही केन्द्रीय सदस्यमा मनाेनित भएका हुन् । स्वामिकार्तिक खापर गाउँपालिकाकाे साविककाे जुकाेटमा जन्मेका शाही पूर्व बाल संघठनको सचिव, बिधार्थी संगठनको केन्द्रीय सचिवालय सदस्य भई राजनीतिमा […]
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । ती महिलाले डिजेल शरीरमा खन्याएर आगो […]
काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो । नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका १८ जनामध्ये १३ जनाले नेकपा एस रोजेका छन् । जसमध्ये प्रदेशमा मन्त्री भएकाहरु पनि छन् । नेकपा एमालेमा २५ सांसद रहेकोमा […]
धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन्। विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जना नेपालले खोलेको नयाँ पार्टी […]
सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् । आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका […]
काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भएपछि नेकपा एमालेका १२ […]
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन् १२ सांसद ? राजेन्द्र पाण्डे राजेन्द्रमान श्रेष्ठ लक्ष्मण लम्साल बसुन्धरा हुमागाईं रमा आले मगर बसन्त […]
काठमाडौंं, भदौ १५ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डका […]
जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख […]