होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट पारेकी छिन् ।नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन […]
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका […]
दार्चुला: आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको हो। वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी ल्याइएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो । कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई […]
१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश […]
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’ आफूलाई पार्टीमा […]
काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर […]
काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० […]
काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न जारी निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा कायम राख्दै राति ९ बजेपछि सवारी साधन संचालन गर्न दिइने निर्णय गरेको हो । बुधबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामाग्री ढुवानी बेलुका […]
कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले बुधवार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन् । मन्त्रालयमा आयोजित कार्यक्रमका बीच […]
१६ भदौ, बलेवा । बाढी-पहिरोका कारण थाकखोलाको नुन खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढी-पहिरोको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नुनखानी सङ्कटमा परेको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमामा रहेको नुनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा […]
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल […]
नागरिक रैबार/बाजुरा १६ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन् । आजबाट सञ्चालन भएको राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका हुन् । प्रहरी निरिक्षक वलेन्द्र नाथको अध्यक्षतामा गठन भएको वृक्षारोपण समिति सहित १५/२० जनाको टोलिले बिभिन्न प्रजातीका ४० वटा […]
कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरुले बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्। समग्र प्रदेशमा एमालेको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ […]
विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, […]
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताए । उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि […]
काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो । तर हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न […]
काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले पार्टी नछाड्ने मनस्थिति बनाएका छन् । उनले एमाले उपाध्यक्षकै रुपमा रहेर एकता अभियान जारी राख्ने भएका हुन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भने सम्झौता नगर्ने भएका छन् । उनले ओलीलाई पनि नटेर्ने र माधव नेपाल अध्यक्ष रहेको नयाँ दल नेकपा एसमा पनि नजाने रणनीति बनाएका […]
डोटी: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर प्रचण्डले खनालको स्वास्थ्यबारे जानकारी लिएका हुन् । प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।असार २ गते भारत गएका खनाल मिर्गौला प्रत्यारोपण गरी भदौ १४ गते […]