होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बन्न सक्छ ?
समाचार

सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बन्न सक्छ ?

  • नागरिक रैबार
सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बन्न सक्छ ?

धनगढी : सुदूरपश्चिममा नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्ने क्रम जारी छ। अहिलेसम्म नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १० जनाले पार्टी विभाजनसँगै औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरु विगतदेखि नै नेपाल समूहमा थिए।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

विगतमा नेपाल समूहमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, अर्थ राज्यमन्त्री अर्चना गहतराज, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्य मन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य तारा लामा तामाङ र प्रदेश सांसद हर्कबहादुर कुँवरले भने सनाखत गरेका छैनन्। उनीहरुमध्ये अधिकांशले नेकपा एमालेमै रहने बताएका छन्। मन्त्री शाह, राज्यमन्त्री गहतराज, पूर्वमन्त्री सुवेदी, पूर्वराज्यमन्त्री रावल र सांसद कुँवरले एमालेमै रहने बताएका छन्।

विज्ञापन

अर्थ राज्यमन्त्री गहतराजले दिनेशखबरलाई भनिन्, ‘नयाँ पार्टीको पक्षमा सनाखत गर्ने तयारी मेरो छैन। म एमालेमै रहन्छु।’ यस्तै विगतमा ओली पक्षमा रहेका पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मीले पनि एमालेमै रहने बताएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र प्रदेश सांसद तारा लामा तामाङले भने एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्। मन्त्री सोडारीले भने, ‘१० जनाले सनाखत गरिसक्नुभएको छ। बाँकी हामी दुई जना पनि गर्छाै। २/३ जना फेरि थप्ने हाम्रो प्रयास छ।’ नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी प्रदेश सभामा ठुलो हुने दाबी उनेको छ।

‘प्रदेशमा ठुलो पार्टी बनाउने हाम्रो प्रयास छ,’ सोडारीले दिनेशखबरलाई भने, ‘सम्भव नभए २४ जनामध्ये १२ जना त अवश्य एकीकृत समाजवादीमा हुन्छौ।’ प्रदेश सभामा सभामुखबाहेक एमालेका २४ सांसद थिए। १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेपछि अब एमालेमा १४ जना सांसद छन्। २२ गतेसम्म सनाखत गर्न सकिने सुविधा भएकाले अंकगणित फेरवदल हुने सम्भावना बढी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार