होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोभिड-१९ को तेस्रो भेरियन्ट व्यवस्थापन पुर्ब तयारी गोष्टी
समाचार

कोभिड-१९ को तेस्रो भेरियन्ट व्यवस्थापन पुर्ब तयारी गोष्टी

  • नागरिक रैबार
कोभिड-१९ को तेस्रो भेरियन्ट व्यवस्थापन पुर्ब तयारी गोष्टी

नागरिक रैबार/बाजुरा १७ भदाै । कोभिड १९ को तेस्रो भेरियन्ट आउन सक्ने भएकाले यसको नियन्त्रण गर्न पुर्ब तयारीका लागि सरोकारवाला निकायसँग एक गोष्ठीको आयोजना गरेर छलफल गरिएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो ।

स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा साहस नेपालको समाबेशी तथा गुण स्तरीय शिक्षा परियोजनाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । डिसिसिएमसी बाजुराका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमा स्वास्थ्य कार्यालय बाजुरा साहस नेपाल र गैर सरकारी संस्था महासंघले हाल सम्म कोभिड १९ रोकथाम तथा नियन्त्रणमा गरेको प्रयास र अब गर्ने कार्यहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी महेश चन्दले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।

विज्ञापन

कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराको तर्फबाट महेश चन्द गैससको तर्फबाट अग्नीराज शाही र साहस नेपालको तर्फबाट राम बहादुर खत्रीले हाल सम्म गरेका गतिबिधी र आगमी कोभिड १९ को तेस्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि गर्ने कार्यहरुका बिषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार