होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व उद्योगमन्त्री थापाकै गृह वडाका अध्यक्ष समाजवादीमा खुले
समाचार

पूर्व उद्योगमन्त्री थापाकै गृह वडाका अध्यक्ष समाजवादीमा खुले

  • नागरिक रैबार
पूर्व उद्योगमन्त्री थापाकै गृह वडाका अध्यक्ष समाजवादीमा खुले

नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका थापाकै गृह वडाका वडा अध्यक्ष एमाले छाडेर एकिकृत समाजवादी पार्टीमा खुलेपछि कार्यकर्ताहरु अन्यौलमा छन् ।

नेकपा एमाले फुटको असर केन्द्र, प्रदेश, जिल्ला हुदै स्थानिय तह र वडामा पनि परेको छ । एमाले विभाजन पश्चात निर्वाचन आयोगले आफ्नो दल रोज्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ गतेसम्मको समय दिएपछि बाजुराका स्थानीय तहका जनप्रतिनिधिहरु सनाखतका लागि सदरमुकाम मार्तडी केन्द्रित हुन थालेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार