होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ, २० भदौ: सन् २०२१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । विश्वका प्रमुख नेताबारे गरिएको ‘दी मर्निङ कन्सल्ट‘ले गरेको सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाईडेनलाई पछ्याउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका हुन्। महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको जनाइएको छ । उक्त दर विश्वका अन्य […]
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।
मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि शुक्रबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य […]
२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्युटावर)को ठेक्कामाथि प्रश्न उठेको छ । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले भ्युटावरको ठेक्का विदेशी कम्पनीसँगको जोइन्ट भेन्चर कम्पनीले लिए पनि स्थानीय कम्पनीले नै काम गरिरहेको भन्दै प्रश्न उठाएको हो । सघन शहरी तथा भवन निर्माण आयोजनाले दमकमा […]
ताप्लेजुङ– प्रदेश १ को स्वास्थ्य निर्देशनालयले १८ वर्ष पूरा नभएका परीक्षार्थीलाई खोप उपलब्ध नगराउन परिपत्र गरेको छ । प्रदेश १ का महानगरसहित सबै १ सय ३७ स्थानीय तह र १४ वटै स्वास्थ्य कार्यालयलाई स्वास्थ्य निर्देशनालय धनकुटाले यस्तो परिपत्र गरेको हो । निमित्त निर्देशक दानबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागले यसअघि नै १८ वर्ष पूरा भएका परीक्षार्थीलाई प्रवेशपत्रको […]
बाजुरा– बाजुराको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा गरेको छ । कार्यालयबाट वर्षभरि सञ्चालन भएका गतिविधि र उपलब्धिबारे समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत जिल्लामा दूध, मासु र अन्डा उत्पादन ७ प्रतिशतले बढेको सार्वजनिक गरेको हो । प्रदेश सरकारअन्तर्गत बाजुरा र अछाममा सेवा प्रवाह गरिरहेको कार्यालयले बाजुरामा ७ करोड […]
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो । दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध […]
विवादित एमसीसी सम्झौताअन्तर्गतको परियोजनामा नियम मिचेर खर्च भइरहेको नेपालको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र नेपालको राज्यकोष खर्च भइरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नियम मिचेर खर्च गरेको उल्लेख छ । कार्यान्वयन पूर्वको खर्च (सीडीएफ) शीर्षकमा मात्रै अघिल्लो महिनासम्म एमसीसी मुख्यालयले दिएको ९.४२ […]
महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको बताए।
धनगढी : नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसदका लागि अब तीन दिन मात्रै बाँकी छ। एकीकृत समाजवादीमा जान इच्छुक प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुले प्रदेश […]
जनकपुर — नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार एकीकृत नेकपा समाजवादी पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले नेकपा(एस) रोजेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले नेकपा(एस) रोजेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसद विश्वकर्मा र गुरुङ दुवैजना बाराका हुन् । एमाले छोडेर नेकपा(एस)मा लागेका […]
काठमाडौं– बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) […]
इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस सिवन हाल्यान्डको लय निकै राम्र‍ो छ । उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ ग‍ोल र तीन एसिस्ट गरसकेका […]
काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि […]
२० भदौ, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ […]
अछाम: अछामको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी छिन्। युवालाई वडा सभापतिमा युवालाई जिम्मेवारी लिइएको बेला सोही जिल्लामा एक ८० वर्षीय वृद्धलाई वडा सभापति बनाइएको छ। जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने […]
किमाथाङ्का: सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्। अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नम्बरको मिनीट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयका […]
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
बैतडी: बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। चालु आर्थिक वर्षमा अहिले ३७ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ३७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको उनले बताए। माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड […]
१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ […]