होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन
समाचार

सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

  • नागरिक रैबार
सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीको पुलमा तस्बिर अपलोड गर्दै एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको फेसबुकमा जानकारी गराएका थिए ।

विज्ञापन

तर, यो बीचमा कुनै काम भएन र पुल निर्माण समयमा नहुँदा गएराति  सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा ४ जना महिलाको मृत्यु भएको छ ।

उक्त कार गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार