होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षिकालाई शिशु स्याहार्न सिकाउँदै भक्तपुर
समाचार

शिक्षिकालाई शिशु स्याहार्न सिकाउँदै भक्तपुर

नानीबाबुलाई सिकाउँदा–सिकाउँदै बालापन सम्झिएर बच्चा बन्छन् गुरुआमा

  • नागरिक रैबार
शिक्षिकालाई शिशु स्याहार्न सिकाउँदै भक्तपुर

भक्तपुर– भक्तपुर नगरपालिकाकी नजरमाया उमेरले ५० पुगे पनि दैनिकजसो व्यस्त हुन्छिन् । बिहान सबैरे उठी घरायसी काम सकाएर खाना खाई ११ बजे गोल्मढीस्थित शिशु स्याहार केन्द्र पुग्छिन् । त्यहाँ उनीजस्तै महिला भेला भएर मादल बजाउनदेखि कोठा सजाउने आकर्षक सामग्री बनाउन थाल्छन् ।

उनी शिशु स्याहार केन्द्रमा शिक्षिकाको रूपमा कार्यरत छिन् । साना नानीलाई पढाउने उनी अहिले आफैं सिक्दै छिन् । मनमाया भन्छिन्, ‘सिक्दै गर्दा मलाई बचपना याद आउँछ । आफैं बच्चा भएजस्तै अनुभव आउँछ ।’

२०५६ मा भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्र स्थापना गरेको थियो । केन्द्रले साना नानीको हेरचाह गर्ने भए पनि त्यसबेला उनीहरूलाई सुताउने, खुवाउने गर्दैमा दिन बित्ने उनी सुनाउँछिन् । अहिले कक्षाकोठा रंगीबिरंगी भई सजिएका छन् ।

विज्ञापन

नानीलाई खेल मैदानको व्यवस्था गरिएको छ । केन्द्र भौतिक संरचनाले पनि समृद्ध बनेको छ । अब नानीलाई सुताउने र खुवाउने मात्रै होइन, बौद्धिक विकाससमेत गर्न सक्ने विश्वास उनको छ ।

पालिकाले शिशु स्याहार केन्द्रका शिक्षिकालाई अतिरिक्त क्रियाकलापका लागि तालिम दिँदै आएको छ । कोरोना महामारीले विद्यालय र शिशु स्याहार केन्द्र सञ्चालन गर्ने अवस्था नरहेको भन्दै पालिकाले फुर्सदको समय शिक्षिकालाई खेर गएका कागजको सामग्री बनाउने, बालगीतमा मादल भर्ने, खेल खेल्न सिकाउने, अक्षर र अंकबाट चित्र कोर्न सिकाउने, मोटिभेसन दिनेजस्ता तालिम सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाको बालविकास तथा शिशु स्याहार केन्द्र शाखा प्रमुख दीपेन्द्र प्रजापतिले शिक्षिकालाई प्रशिक्षण दिँदै आएका छन् । प्रत्येक दिन बिहान ११ बजेदेखि सुरु हुने तालिम ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

शाखा प्रमुख प्रजापतिका अनुसार पालिकाले हाल नगरभित्र ६ स्थानमा केन्द्र सञ्चालन गर्दै आएको छ । प्रत्येक केन्द्रमा दुई शिक्षक र दुई जना आया दिदीको व्यवस्था गरिएको छ ।

हाल केन्द्रका १२ जना शिक्षिकालाई तालिम दिइएको प्रजापतिले बताए । तालिममा सिकाएका कुरालाई कक्षाकोठामा व्यावहारिक रूपमा लागू गरिने उनले जानकारी दिए ।

केही समयअघि शिक्षिका तथा आया दिदीलाई मादल बजाउने प्रशिक्षण दिएको स्मरण गर्दै उनले भने, ‘त्यसबेला आंशिक मात्र सिकेका थिए । अहिले जुनसुकै गीतमा पनि मादल बजाउन सक्ने भइसके ।’ हाल केन्द्रका शिक्षिकालाई सिकाइएको सीप कक्षाकोठामा नानीलाई कथा सुनाउन, रमाइलो गरेर खुसी बनाउन प्रयोग गरिँदै आएको छ ।पालिका खबरबाट


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार