होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडीमा भाेलि कार्तिक १८ गते शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच लाईभ देउडा हुने भएकाे छ । सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा भाेलि दिउसाे मार्तडीकाे खेलकुद मैदानमा लाईभ देउडा हुन् लागेकाे प्रतिष्ठानका अध्यक्ष हर्क कठायतले बताएका छन् । शुभ दिपावलीकाे अवसर पारेर आयाेजना गर्न लागेकाे शंकर मल्ल र […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ । सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो । हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको […]
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना […]
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।आजको दिन […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ । करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका […]
नागरिक रैबार/ बाजुरा ४ कार्तिक । बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा चोरी भएको छ । शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थान समिति सचिव लालबहादुर विकले बताएका छन् । भक्तजनहरुले दान गर्ने पेटीका नै चाेरेर लगेकाे र मन्दिरकाे मुल ढोकामा तोडफोड गरिएको छ । मुल ढोका भित्रै रहेको दान […]
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका […]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने […]
काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ। उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ। दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी […]
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन […]
असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले आफ्नो चीन भ्रमणबारे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई देशको हवाइ उडान सहकार्यका विषयमा पनि कुराकानी भएको बताए । ‘नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए । यस्तै, सचिवमा नवराज सिलवालले […]
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । दाहाल गएको […]
नागरिक रैबार/बाजुरा १३ असोज।बडीमालिका नगरपालिकाले स्थानीय पर्व अनन्ते मेलाको अवसरमा भोलि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज नगरपालिकामा बसेको नगरको २८ औं कार्यपालिका बैठकले भोली आईतबार नगरपालिकाका मातहतका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय […]
काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]