होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रौतहट – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज (मंगलबार) बिहान विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा गौतमलाई पक्राउ गरेको हो । चन्द्रनिगाहपुर वडा नम्बर ३ बाट पक्राउ परेका उनिहरुलाई आजै दिउँसो सार्बजनिक गरिने इप्रका चन्द्रनिगाहापुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर […]
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने बताए । गत पुस ७ गते […]
जुम्ला १३ माघ । माटोको ढिस्कोले पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए । […]
काठमाडौं– नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ । अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै […]
काठमाडौँ । नेकपा सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय […]
नागरिक रैबार/बाजुरा १० माघ। मार्तडी–कोल्टी सडक विचमा रहेको ढम्कने देखि पोरखे लेख सम्मको सडकमा जमेको हिउँ डोजर लगाएर हटाउने काम भईरहेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ को समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा सडकमा जमेको हिँउलाई डोजर लगाएर हटाउन थालिएको हो । बडीमालिका नगरपालिका ७ का स्थानीयहरु र पुर्वीउत्तरी क्षेत्रका स्थानीयहरुको दैनिक आवत जावतमा […]
माघ ९, डोटी / राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार बिजयी भएका छन । महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भने स्वारले तिन हजार ७ सय बिस मत प्राप्त गरेका हुन । नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकाेटाले १ हजार आठ सय ५४ मत […]
सुदूरपश्चिम प्रदेश सरकारले तोकेका गौरवका सडकहरुको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। गत वर्ष नै सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका गौरवका सडकहरुको निर्माण कार्य अहिले सम्म पनि अलपत्र परेको हो। प्रदेश सरकारले कैलालीको भजनी–छोटी भन्सार ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर, डोटीको सहजपुर बोकटान दिपायल सडक, डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडक, बैतडीको […]
माघ ९, डोटी राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तरगत सुदूरपश्चिममा विहिबार भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । डोटीको पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । महिला सदस्य १ जना र अन्य सदस्य १ जना गरी दुइ जना सदस्यका लागि सुदूरपश्चिमबाट सत्तारुढ दल […]
काठमाडौं, ८ माघ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन स्थलमा मतपत्र पत्र पुर्याउने, निर्वाचन लक्षित सुरक्षा लगायत सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । सातै प्रदेशमा हुने निर्वाचनका लागि आवश्यक मतदान स्थल पनि आज साँझसम्म निर्माण भइसक्ने आयोगको भनाई छ । प्रदेश १ को […]
‘नियम अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नै छैन्। कसैले नियम विपरित काम गर्न खोज्छ भने त्यस्ता कर्मचारीलाई टिक्न भने मुस्किल नै होला।’ मसंगको कुराकानीको क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी महिना दिन अगाडी मात्रै भनेका थिए। त्यस्को झण्डै दुई सातापछि सामाजिक विकास मन्त्रालयमै एम्बुलेन्स खरिदका कागजात माग्न पुग्दा मन्त्रालयमै कार्यरत एक जना उच्च […]
काठमाडौं, ८ माघ । पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र […]
डडेल्धुरा, ८ माघ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे। उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर […]
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
प्रतिनिधि सभाको सभामुख पदको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटामा उम्मेद्वारी दर्ताको प्रस्तावकमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकहरुमा नेकपा सांसद देव गुरुङ, ओनसरी घर्ती […]
पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी […]
माघ ६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । अध्यक्षद्वय केपी […]
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठकमार्फत उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । प्रतिनिधि सभाको अर्को बैठक आजै दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । दिउँसो ४ बजे बस्ने बैठकलाई जेष्ठ सदस्यको अध्यक्षता बस्नेछ । उक्त बैठकले सभामुख र उपसभामुख चयन […]
काठमाडौं‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर […]
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। हिउँदे अधिवेशसनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। गत भदौ १ गते प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएपछि पाँच महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो। प्रदेशको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तले अधिवेशन आव्हान गरेकी हुन्। बैठकमा सभामुखले प्रदेश प्रमुखले अधिवेशन […]