होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु 
देश/प्रदेश

सुदूरपश्चिममा आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु 

  • नागरिक रैबार
सुदूरपश्चिममा आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु 

गगन अयडी/ धनगढी ३० वैशाख । सुदूरपश्चिम प्रदेशका सम्पुर्ण अस्पतालहरुमा ओपिडी सहित अन्य केही सेवा नियमित स्वास्थ्य सेवा सुचारु गरीने भएको छ । लकडाउनसंगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु हुनेछन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु हुन लागेको हुन ।

सुदुरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु हुने प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सेती अस्पतालमा कोरोना भाईरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

विज्ञापन

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि अस्पतालले सेवा पुनः सञ्चालन गरेको जिल्ला अस्पतालहरुले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार