होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् […]
नागरिक रैबार/ बाजुरा १६ चैत्र ।बाजुरा सदरमुकाम स्थित मालिका माविको क्वारेन्टाइनमा पाँच जना फेरि थपिएका छन् । यस अघि ३४ जना राखिएकाे मालिका माविकाे क्वारेेन्टाईनमा अाजबाट थप ५ जना थपिएका हुन् । पाँच जना थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको संख्या ३९ जना पुगेको छ । उनीहरु सबैकाे खान बस्नकाे व्यवस्था बडिमालिका नगरपालिकाले गरेकाेे छ […]
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। बडीमालिका नगरपालिकाले कोरोना भाईरसको संक्रमण फैलिन नदिन मार्तडी बजार क्षेत्रमा किटनासक औषधि छर्केको छ । नगरपालिकाले आईतबार मार्तडीबजार भित्रका सवै गल्ली तथा टोलमा रहेका नालाहरुमा किटनासक औषधी छर्केको हो ।विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाइरसको सतर्कताको निम्ति नगरपालिकाले मार्तडी बजारका सवै गल्लीमा पुगेर किटनासक औषधि छर्केको नगर प्रमुख पदम बडुवालले […]
नागरिक रैबार/ बाजुरा १६ चैत । बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खाेलामा डुवेर एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापा भोटेकी अन्दाजी १५ वर्षिया छोरी निर्मला थापा रहेेकी छन् । आईतबार दिउसाे करिव २ बजेकाे समयमा बाहुली खाेलामा रहेकाे नदिमा नुहाउने क्रममा उनकाे नदिमा डुवेर मृत्यु […]
१६ चैत, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई […]
गगन अयडी/ चैत १६ धनगढी। त्रिवेणी नगरपालिका बाजुराले शनिबार देखि कडा रुपमा लकडाउन गर्ने निणर्य गरेको छ । शनिबार नगरपालिका नगरप्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले स्व निर्णय गरेको हो । त्रिवेणी नगरपालिकाका मुख्य मानिएका नाकाहरू मौरे, छतार ,सेरा लगायतका एक स्थानीय तह देखी अर्को स्थानीय तह जोड्ने नाकाहर पनि सबै बन्द गरिएको त्रिवेणी […]
सुर्खेत । भारतमा कोरोना भाइरसको त्रासपछि हिमा गाउँपालिका जुम्लाका २४ जना रातारात गाउँ पुगे । नेपालमा भएको ‘लकडाउन’ को कुनै पर्वाह नगरी गाउँ पुगेका उनीहरुलाई गाउँपालिकाले स्थानीय राजदेव माध्यमिक र भानु माध्यमिक विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण नदेखिए पनि गाउँलेहरु भने त्रसित छन् । भारतबाटै फर्किएका जाजरकोटका […]
गगन अयडी/धनगढी १५ चैत्र। सिदार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया तेक दिएर सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा प्रमुख नितेश श्रेष्ठले उक्त रकमको चेक संयूक्तमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते […]
काठमाडौं – सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि […]
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाण्डौबाट क्रमशः लेखापढी भई गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाजुराबाट आवश्यक व्यवस्था सम्बन्धी कार्यान्वयन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराको सबैमा जानकारी यस्ताे छ हेर्नुस् । १. अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यान्न वस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने सहकारी तथा निजि उद्योगहरूबाट उत्पादित उत्पादनहरू बिलबिजकको आधारमा बजार […]
स्याङ्जा : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए । मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । शुक्रबार दिउँसो करिब १ बजेतिर […]
नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ। सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो। औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ। जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट […]
लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड–१९ कोरोना भाइरसको संक्रमण देखएिको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्रीमा गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा पोजिटिभ देखिएको हो । प्रधानमन्त्री जोनसनलाई माइल्ड लक्षणहरु देखा परेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अब उनी १० डाउनिंग स्ट्रिटस्थित प्रधानमन्त्री निवासमै सेल्फ आइसोलेसनमा बस्नेछन् […]
सेनेगल : कोरोना भाइरस (कोभिड–१९)को परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन्। अल्जजिरामा प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो। यो अध्ययन सफल भए घरमै बसी १० मिनेटमै परीक्षणको नतिजा थाहा पाउन सकिने अनुसन्धानकर्ताले बताएका छन्। साथै १ डलर मात्र खर्च लाग्ने उनीहरूले बताएका छन्। अनुसन्धाकर्ताले यसै हप्ता यसको प्रमाणिकरण गर्ने […]
चैत १४ धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह […]
नागरिक रैबार/बाजुरा १४ चैत्र।कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र संकाष्पद व्यक्तिहरुको अलग्गै उपचारका लागि सदरमुकाम मार्तडीमा १० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएकोे छ । जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र जिल्ला सुरक्षा समितिको सामुहिक बैठकले आईसोलेन कक्ष निर्माणका लागि तत्कालीन जिल्ला समन्वय समितिमा रहेको सभाहललाई अलग्गै उपचार कक्ष बनाउने निर्णय गरेको थियो । […]
धनगढी : धनगढीमा बस्दै आएका तीर्थराज भट्ट हाल स्थायी घर डोटीको जोरायल गाउँपालिकामा छन्। बिहिवार मध्य राती उनलाई फोन आयो र उनले फोन उठाए। फोनमा सन्देश थियो, ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिने छ। त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ त्या फोन […]
अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको […]