होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दिर्घरोगीहरुलाई वडाले बाँड्यो निःशुल्क औषधी
देश/प्रदेश

दिर्घरोगीहरुलाई वडाले बाँड्यो निःशुल्क औषधी

  • नागरिक रैबार
दिर्घरोगीहरुलाई वडाले बाँड्यो निःशुल्क औषधी

नागरिक रैबार/बाजुरा ५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण गरिरहेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले देश बन्दाबन्दी रहेको बेला समस्यामा परेका दिर्घरोगीहरुलाई वडा नं. ८ को समन्वय र मानवताका लागि हामी भन्ने अभियान अन्तरगत निशुल्क रुपमा औषधि वितरण गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

वडामा रहेका दिर्घरोगीहरुलाई निशुल्क रुपमा औषधी वितरण गर्ने योजना अनुसार औषधी वितरण गरिएको वडा अध्यक्ष रावलको भनाई छ ।कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट उत्पन्न यस संकटको घडीमा दिर्घरोगीहरुको अत्यावश्यक औषधिको अभावलाई मध्यनजर गर्दै हामी युवा साथीहरुको ब्यक्तिगत पहलबाट “मानवताका लागी हामी -We for Humanity-अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा दीर्घ रोगीलाई निःशुल्क औषधी वितरण गरीरहेको मानवताका लागि हामीका बाजुरा संयोजक दिलिप कुमार थापाले बताए ।

दिर्घरोगीहरुलाई डाक्टरको परामर्श अनुसार बिरामीले खादै गरेको औसधि वितरण गरिएको छ ।“मानबता लागि हामी“ भन्ने अभियानमा दीर्घरोगिमा (सुगर ,प्रेसर ,मुटु रोगी ,दम ) थाइरोड र दादको औंसधी निरन्तर निःशुल्क औंसधी बितरण गर्दै आएका छन् ।मानवताका लागि हामी अभियान अन्तरगत हालसम्म २५ बढी दीर्घरोगीलाई कम्तीमा २० देखि १ महिना सम्मको लागि पुग्ने गरी औंसधी बितरण गरिसकेको मानवताका लागि हामी अभियानका सदस्य जनक थापाले बताए ।
गाउँघरमै निशुल्क रुपमा औषधी प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार